आईतवार, भाद्र २९, २०७६
    खेल संसार

    नेपाल-मलेसिया टी–२० : पहिलो खेलका 'टप' र 'फ्लप' खेलाडीहरु

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २८ असार

    सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेशियालाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।

    मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको हो ।

    क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको मलेशिया विरुद्वको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले नेपाललाई जितको लागि १ सय २९ रनको चुनौती दिएको थियो ।

    कूल १ सय २९ रनको विजय लक्ष्य बोकेर मैदान उत्रेको नेपाल १८ दशमलव ३ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

    आहाखबरले पहिलो खेलको आधारमा केहि खेलाडिहरुको प्रदर्शनलाई केलाउन खोजेको छ ।

    पहिलो खेलमा चम्किएका तथा फल्प भएका खेलाडिहरु :

     

    चम्किएका खेलाडिहरु

    पारस खड्का

    पारस खड्काले पहिलो खेलमा निकै विस्फोटक ब्याटिङ गरेका थिए । उनको ब्याटिङको उत्तर मलिसियन खेलाडिहरुसँग थिएन फलस्वरुप नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्न सफल भएको छ । नेपालको जितका लागि कप्तान पारस खड्काले एकल प्रदर्शन गरेका थिए । पारस खड्का र प्रदिप ऐरी ओपनिङमा आएका थिए तर, प्रदिप सस्तैमा आउट भए । एकपछि अर्को गर्दै ज्ञानेन्द्र मल्ल ७ र रोहितकुमार पौडेल मात्र ५ रनमा आउट भए तर कप्तान खड्काले कप्तानी इनिङ खेले ।

    उनले मात्र ५० बलमा ८ चौका र ५ छक्काको मदतमा अविजित ८६ रन बनाए । चोथो विकेटका लागि उनले शरद भेषावकरसँग ६१ रनको साझेदारी गरे ।

     

    करण केसी

    मलेसियालाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ३ विकेट लिएका थिए । एकसमय उनी ह्याट्रिक बलमा समेत थिए तर लिन भने सकेनन्  । उनले ४ ओवर बलिङ गर्दै २७ रन दिएर ३ विकट चट्काए  । उनले ११ बल डट दिएका थिए भने उनलाई मलेसियन ब्याट्समेनहरुले ३ चौका र १ छक्का हिर्काएका थिए । उनको ईकोनोमी ६.७५ रहेको थियो ।

     

    फल्प खेलाडिहरु

    ज्ञानेन्द्र मल्ल

    ज्ञानेन्द्र मल्लले फेरि नेपाली क्रिकेटप्रेमीलाई निराश बनाएका छन् । लगातार नराम्रो प्रदर्शन गर्दै आएका ज्ञानेन्द्रले जति नराम्रो खेलेपनि टिममा परिरहेकाले क्रिकेटप्रेमीको तिखो आलोचना खेप्दै आएका छन् । ज्ञानेन्द्र मल्लले पहिलो खेलमा २० बलको सामना गर्दै मात्र ७ रन बनाए । उनले कुनैपनि चौका वा छक्का हानेनन् । यस प्रतियोगितामा उनले आँफुलाई प्रमाणित गर्नुुपर्ने प्रेसरमा त छन् नै साथै नयाँ प्रतिभावान खेलाडिसँग नि प्रतिस्पर्धा गर्नुपर्नेछ । उनले एउटा क्याच समेत छोडेका थिए ।

     

    प्रदीप ऐरी

    प्रदीप ऐरी नेपाली टिममा खासै पर्दैनन् । नेपाली टिम ओपनरको खोजीमा रहेकाले प्रदीप ऐरीले मौका पाएका छन् । एकसमय नेपाली सेहवाग भनेर चिनिने प्रदीपले खासै प्रदर्शन गर्न नसकेकाले नेपाली टिमबाट बाहिर र भित्र गर्दै नै आईरहेका छन् । यसपटक फेरि मौका पाएका उनले आँफुलाई साबित गर्न सकेनन् । पहिलो खेलमा १७ बल खेलेका उनले जम्मा ८ रन मात्र हिर्काएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast