आईतवार, भाद्र २९, २०७६
    खेल संसार

    सोमपाललाई भारतीय कम्पनि रेड रक स्पोर्ट्सको प्रायोजन

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २८ असार

    भारतीय क्रिकेट सामग्री निर्माण कम्पनि रेड रक स्पोर्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका अल-राउण्डर सोमपाल कामिलाई २ वर्षको लागि प्रायोजन गरेको छ।

    रेड रकले यस अघि भिम शार्की र करन केसीसंग पनि प्रायोजन सम्झौता गरिसकेको छ। करन र भिमलाई रेड रकले निशुल्क क्रिकेट सामग्री प्रदान गर्ने सम्झौता गरेको थियो। सोमपाललाई भने कम्पनिले नगद समेत प्रायोजन गर्न लागेको हो।

    शनिवार रेड रकले जारि गरेको प्रेस बिज्ञप्तिका अनुसार सोमपाल क्यानडा प्रिमियर लिग खेल्न छनौट भएको हुनाले उनलाई २ वर्षको लागि प्रायोजन बापत ३ देखि ५ हजार डलर उपलब्ध गराउने बताएको छ। त्यसबापत सोमपालले रेड-रकको क्रिकेट सामग्री प्रयोग गर्नुपर्नेछ।

    सम्झौता पछि रेड रकले प्रेस बिज्ञप्तिमा हाल नेपाल बस्दै आएका मुम्बईका पूर्ण रणजी क्रिकेटर मनिष सखाल्करललाई धन्यवाद दिंदै प्रतिभा छनौट गर्न सहयोग गरेकोमा धन्यबाद दिएको छ। यस्तै रेड रकका मालिक सुबास राजपुत र शेखर कौशिकले नेपाली खेलाडीलाई सम्झौता गर्द पाउदा खुसि व्यक्त गर्दै नेपालमा आफ्नो ब्राण्ड अघि बढाउने समेत बताएका छन्।

    सन् २००७ मा स्थापना भएको रेड रकले क्रिकेटको सामग्रीहरु उत्पादन गर्दै आएको छ र क्रिकेट ब्याट निर्माणमा विशेष काम गर्दै आएको छ। कम्पनिले सचिन तेन्दुलकर, भिरेन्द्र सहवाग, महेन्द्र सिंह धोनी, रोबिन उथाप्पा जस्ता खेलाडीहरुको लागि समेत ब्याट बनाईसकेको बताएको छ। काठमाडौँमा छिट्टै आफ्नो आउटलेट खोल्ने समेत कम्पनिले योजना बनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast