मंगलवार, असोज ७, २०७६
    खेल संसार

    नेपाली टोली मलेसियासँगको दोश्रो खेलमा कालो पट्टि बाँधेर मैदानमा उत्रने

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २८ असार

    घरेलु टोली मलेसियासँगको दोश्रो ट्वान्टी ट्वान्टी खेलका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कालो पट्टि बाँधेर खेल्ने भएको छ ।

    नेपालमा गएको बाढीमा ज्यान गुमाउनेहरुको स्मृतीमा नेपाली टोलीले कालो पट्टि बाँधेर खेल्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मलेसियामा कुरा गर्दै भने, 'नेपालमा लगातार परेको वर्षाका कारण धेरै जनधनको क्षेती भएकाले हामीहरुले भोलीको खेलमा कालो पट्टि बाँधेर खेल्ने निर्णय लिएका छौं ।'

    त्यस्तै नेपालली टोलीले खेल अघि एक मिनेट मौनधारण गर्न लागेको पनि कप्तान खड्काले जनाए ।

    देशको विभिन्न भागमा आएको बाढीका कारण २७ जनाले ज्यान गुमाएका छन् भने जना व्यपत्ता भएका छन् ।

    आज सम्पन्न भएको पहिलो ट्वान्टी ट्वान्टीमा पारसको अविजित ८६ रनको मद्धतमा मलेसियालाई तीन विकेटले पराजित गर्दै दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast