सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर पनि डुब्यो

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २८ असार ।

    विगत तीन दिनयताको अविरल वर्षाले गौरसहित रौतहटका पूरै गाउँ डुबानमा परेका छन्। ‘गौरको सडकमा १० फिटसम्म पानी जमेको छ। स्थानीय बासिन्दा घरमै बन्धकजस्तै भएर बस्नुपरेको छ,’ गौर नगरपालिकाका मेयर अजय गुप्ताले भने, ‘गौरमा कुनै घर नडुबेका छैनन् । रौतहटका सबै गाउँ नै डुबानमा छन्।’

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गौर–२ स्थित घर पनि डुबानमा परेको छ। दुर्गाभवानी–३ स्थित राजपा अध्यक्ष अनिलकुमार झा, प्रदेश २ का भूमि व्यवस्था मन्त्री जोगेन्द्र यादव, प्रदेश सभासद् बाबुलाल साह, गौरका मेयर अजय गुप्तालगायत हजारौं घर डुबानमा छन्।

    भारतले दशगजामा बनाएको बाँधले पानी थुनेपछि गौर डुबानमा परेको भन्दै स्थानीयले तीव्र आक्रोश व्यक्त गरेका छन्। शुक्रबार दिउँसो नै दुई ठाउँमा बकैया र बागमती नदीको बाँध फुटेको थियो, राति फेरि अरु ठाउँमा पनि बाँध फुट्दा निकास नपाएर पानी गौरमा पस्यो,’ एक स्थानीयले भने।

    गौरसहित रौतहटका दर्जनौं गाउँ डुब्दा स्थानीयको बिचल्ली भएको छ। यातायात पूर्ण रुपमा ठप्प छ। बजार खुलेको छैन। स्थानीयले खाद्यान्न किन्न नपाएकाले चुलो बलेको छैन।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast