सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    देशभर लगातार पानी पर्दा कैलालीमा भने टन्टलापुर घाम

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    धनगढी, २८ असार ।

    देशका विभिन्न स्थानमा तीन दिनदेखिको लगातार झरीले धनजनको क्षति पुर्याएको छ भने विभिनन स्तान डुवानमा परेका छन् । देशभरका प्रय स्थानमा अविरल वर्ष भइरहँदा सुदुरपश्चिमको कैलालीमा भने टन्टलापुर घाम लागेको छ ।

    मुलुकका विभिन्न स्थानमा बिहीबारदेखि अविरल वर्षा भइरहँदा कैलालीको मौसम सफा छ । कैलालीमा शनिबार बिहान केहीबेर सामान्य वर्षा भएको थियो । तर केहिबेर पछि जिल्लामा टन्टलापुर घाम लागिरहेको छ ।

    देशभरबाट शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

    बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast