सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    ओली–प्रचण्डको संयुक्त विज्ञप्ति : बाढी-पहिरो पीडितको उद्दारमा जुटौं

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २८ असार ।

    सरकार नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अबिरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

    नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार संयुक्त विज्ञप्तिमार्फत प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खट्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् । विज्ञप्तिमा नेकपाका सबै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनलाई उद्धार तथा राहतकार्यमा जुट्न निर्देशन दिइएको छ ।

    पीडितहरुको उद्धार र राहतका लागि सरकारका तर्फबाट आवश्यक पहल भइरहेको भन्दै ओली र प्रचण्डले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । विज्ञप्तिमा वर्षासँगै बाढी पहिरो र डुबानबाट सिर्जित मानवीय तथा भौतिक भौतिक क्षतिबाट पार्टी दुःखी भएको उल्लेअ गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast