काठमाडौं, २८ असार ।
पछिल्लो समय बजारमा प्लाष्टिकको चामल आईरहेको कुरा हामीले जताततै सुनिनछ । प्लाष्टिकको चामल बेचेको बहानामा केहि व्यापारीहरु पक्राउ परेको समाचारहरु पनि आइरहन्छन् ।
नक्कली चामलको प्रयोग स्वास्थ्यका लागि निकै नै हानिकारक छ। यसले प्रजनन प्रणलीमा बाधा पुर्याउनुका साथै पेटसम्बन्धि विभिन्न समस्याहरु निम्त्याउँछ। त्यसैले तपाईंले प्लाष्टिकको चामलबारे थाहा पाउन निकै आवश्यक छ।
यस बारे सावधान गराउन आज हामी तपाईंलाई प्लाष्टिकको चामल हो वा होइन भनि छुट्याउने सजिलो तरीकाका बारेमा कुरा गर्न गइरहेका छौं । यस्ता छन् ४ सरल तरिका ः
१. एउटा चम्चामा तेल हालेर तातो बनाउनुहोस् र प्लाष्टिको चामल भए तैरिन शुरु गर्छ।
२. एक चम्चा चामललाई एक गिलास पानीमा हालेर राम्ररी चलाउनुहोस्,प्लाष्टिकको चामल हो भने तैरिन थाल्छ।
३. थोरै चामलाई पकाउनुहोस्, यदि कन्टेनरमाथि कुनै मोटो पत्र जमेको देखिन्छ भने त्यो प्लाष्टिकको चामलको कारणले हुन् सक्छ।
४. थोरै चामल लिएर त्यसमा सलाईंको काँटीले आगो लगाउनुहोस्। यदि त्यसबाट जलेको बास्ना आयो भने प्लाष्टिकको चामलको कारण हुन्सक्छ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com