आईतवार, भाद्र २९, २०७६
    यातायात

    सुन्दर यातायातले ७ विद्युतीय बस सञ्चालन गर्दै, रुट दिन यातायात विभागलाई पत्राचार

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    असार २८, काठमाडौं । 

    सुन्दर यातायातले पहिलो चरणमा ७ वटा विद्युतीय बस सञ्चालन गर्न लागको छ । दुई वटा बस ल्याएको कम्पनीले थप बसहरु ल्याउनेबारे अवलोकन गर्न एक टोलीलाई शुक्रबार चीन पठाउँदैछ ।
    सुन्दर यातायातका अध्यक्ष थापा नेतृत्वको टोलीले चीन पुगेर बस निर्माता कम्पनी र चीनमा विद्युतीय बस सञ्चाालनबारेमा अध्ययन तथा अवलोकन गर्ने छ ।

    सुन्दर यातायातले १३ करोड खर्चेर चार्जिङ स्टेशन र विद्युतीय बस सञ्चालनको तयारी गरिसकेको छ । सुन्दरले पहिलो चरणमा रिंगरोड र रिंगरोडबाट भित्री क्षेत्र ‘क्रस’ गर्ने गरी विद्युतीय बस चलाउन खोजेको छ । त्यसका लागि यातायात व्यवस्था विभागमा रुट माग्दै कम्पनीले निवेदन दिइसकेको छ ।
     

    प्रधानमन्त्री कार्यालय र संसदको विकास तथा प्रविधि समितिबाटै विद्युतीय बसलाई रुट दिन यातायात विभागलाई निर्देशन भएको छ । यसका कारण अब विद्युतीय बस सञ्चालनका लागि लामो समय नलाग्ने अध्यक्ष थापा दावी गर्छन् ।

    सुन्दर यातायातले काठमाडौंमा सञ्चालनका लागि भन्दै भित्र्याएका दुई वटा विद्युतीय बस ३ महिनादेखि धुम्बाराहीको ग्यारेजमा थन्किएका छन् । पहिलो चरणमा परीक्षणका लागि दुई वटा बस ल्याएको कम्पनीले थप बस पनि ल्याउन तयारी तीव्र पारेको छ ।

    ‘विद्युतीय बसको सञ्चालन खर्च निकै सस्तो हुन्छ,’ थापा भन्छन्, ‘त्यसैले हामी यात्रुलाई भरपर्दो सेवा दिन्छौं । हामी काठमाडौंमा विद्युतीय बसकाृ युग सुरुआत गर्न आतुर छौं । सरकारले पनि त्यसमा हाल सहयोग गर्ने अवस्था बनेको छ ।’
     

    १ करोड ८७ लाख खर्च गरेर दुई वटा बस 

    कम्पनीले प्रतिबस १ करोड ८७ लाख खर्च गरेर दुई वटा बस ल्याइसकेकाले अरु बस पनि ल्याउन प्रक्रिया सुरु गरको छ । सुन्दर यातायातले भित्र्याएका विद्युतीय बस ४० सिट क्षमताका हुन् । जसमा थप ३० जना उभिएर पनि यात्रा गर्न मिल्छ ।

    चिनियाँ ‘बीएके ब्याट्री इन्क’को जोइन्ट भेन्चर हो, सुन्दर यातायात । बीएके ब्याट्री इन्क सन् २०११ को ग्लोबर्ल यान्किङमा नम्बर ७ मा परेको थियो ।सन् २००१ मा स्थापित बीएकेले विश्वस्तरीय भक्सवागन, बीएमडब्लू जस्ता कम्पनीलाई लिथियम ब्याट्री सप्लाई गर्नुका साथै सन् २०१४ यता विद्युतीय कार, बस निर्माण गर्दै आएको छ ।


    यी बसमा इ(पेमेन्टको सुविधा पनि उपलब्ध गराउन सकिने फिचर्स छ । लामो आकारका बस अत्याधुनिक र सुविधासम्पन्न छन् । कम्पनीले ल्याएका बसमा जीपीएस, एसीको पनि सुविधा छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast