सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    सर्वोच्चको आदेशपछि रिहा भएका विप्लव नेता पुन पक्राउ

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    धनगढी, २८ असार ।

    सर्वोच्च अदालतको आदेश दिएपछि रिहा भएका सरकाद्धारा प्रतिवन्धित पार्टी नेत्रविक्रम चन्द ‘विप्लव समूह’ कैलालीका विद्यार्थी नेता बबरजंग सिंह पुन पक्राउ परेका छन्। 

    शुक्रबार सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि कैलाली जिल्ला अदालतले उनलाई रिहा गरेको थियो। रिहा गरेपछि कैलाली प्रहरीले अदालत परिसरबाटै पक्राउ गर्न खोजेपनि उनी भागेका थिए। 

    उनलाई प्रहरीले जुगेडाबाट पक्राउ गरेको हो। जिल्ला अदालतबाट मोटरसाइकलमा गएका सिंह जिल्ला प्रशासन, पूर्व एमाले पाटी कार्यालय, धनगढी गाउँ हुँदै जुगेडा पुगेका थिए। उनलाई प्रहरीका मोटरसाइकल र जीपले पछ्याएका थिए। तर अहिले सम्म कैलाली प्रहरीले उनलाई पक्राउ गरेको आधिकारीक जानकारी दिएको छैन।

    यसअघि बैशाख २७ गते पक्राउ परेका सिंहलाई कैलाली जिल्ला अदालतले पाँच लाख धरौटीमा छोड्न आदेश दिएको थियो। तर धरौटी नबुझाएर कारागार चलान भएका सिंहले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। सर्वोच्च अदालतले विना कारण उनलाई पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो। सिंह विरुद्ध कैलाली प्रहरीले राजद्रोह र संगठित अपराधको मुद्दा चलाएको थियो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast