आईतवार, भाद्र २९, २०७६
    यातायात

    ​पुल बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्गमा वैकल्पिक सडक सञ्चालन

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडाैं । असार २८

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुल बाढीले बगाएपछि छोटा तथा लामा दुरीका सवारी साधन बाटोमा नै अलपत्र परेका थिए । बाढीले राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारीसाधन चलाउन वैकल्पिक सडक खोलिएको हो ।

    लगभग राती १२ बजेदेखि रोकिएका सवारीसाधनहरु वैकल्पिक सडकबाट गन्तव्यतिर लागेका छन् । बैकल्पिक सडक बर्दिबास-औरही-गौशाला-माइस्थान हुँदै सञ्चालनमा आएको छ ।

    भब्सी खोलामा आएको भीषण बढीले भब्सी पुल बगाउँदा रातिदेखि नै सवारीहरु जाममा परेका थिए । करिब १२  बजेको समयमा बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निसन थापाले जनाए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast