आईतवार, भाद्र २९, २०७६
    यातायात

    यी ३ महानिर्देशक जसलाई व्यक्तिगत स्वार्थको लागि मन्त्री महासेठले आफ्नै कार्यकालमा पाखा लगाए

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडौं । असार २८

    यातायात मन्त्री रघुवीर महासेठले यातायात बिभागमा आफ्नै कार्यकालमा आजसम्म ३ जना महानिर्देशक हटाएका छन् । यातायात विभागमा उचित कार्यसम्पादन गरेपनि मन्त्री महासेठको स्वार्थमा काम नगरेको भन्दै तीन महानिर्देशकलाई हटाएका हुन् । यातायात क्षेत्रमा भएको विकृतिलाई हटाएर नयाँ प्रणाली ल्याउन खोज्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले हटाएका यी तीन व्यक्तिको वर्णन गरेका छौं । 

    रुपनारायण भट्टराई

    सिण्डिकेट तोड्ने अहम भुमिका खेल्ने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई उचित कार्यसम्पादन गर्न नसकेको भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले नै श्रम रोजगार तथा सामाजिक मन्त्रालयमा सरुवा गरे ।

    त्यसपछि पुन महासेठले यातायात मन्त्रालयमै काम विहिन बनाएर राखे । यातायात क्षेत्रमा जरा गाडेर बसेको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई विभागको जिम्मेवारीबाट हटाइएको थियो । 

    मन्त्रालयका कर्मचारीले भट्टराईलाई विभागबाट नतान्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए । यातायात क्षेत्रमा ब्याप्त सबैखाले समस्याहरू समाधान गर्न योजनाबद्ध रूपमा लागेका महानिर्देशक भट्टराईलाई सहयोगको साटो मन्त्रीले व्यवसायीको प्रलोभनमा कारबाही गरेका थिए । 
     

    लावण्यकुमार ढकाल

    त्यसैगरी मन्त्री महासेठको कार्यकालमा नै रुपनारायण भट्टराई पनि महानिर्देशक लावण्यकुमार ढकाल लाई हटाइएका थियो । ढकाललाई गत मंसिरमा हटाइएको थियो । उनले काठमाडौं क्षेत्रमा रहेको टेयाक्सीको लापरवाही विरुद्ध आवाज उठाएका थिए । ढकालले ट्याक्सी क्षेत्रमा भएका समस्या सुधारका लागी नयाँ मापदण्ड ल्याउन खोजेका थिए । उनि यातायात विभागका महानिर्देशक भएर आएको ६ महिना पनि नवित्दै रघुविर महासेठले जिम्मेवारीबाट हटाएका थिए ।

    कुमार दहाल

    त्यस्तै मन्त्री महासेठबाट सरुवामा परेका महानिर्देशक हुन कुमार दहाल । उनि गत माघमा यातायात व्यवस्था विभागको महानिर्देशक सम्हालेका थिए । अहिले नया‘ बसपार्कको सरकारी जग्गा बचाउन खोज्दा महानिर्देशक कुमारप्रसाद दाहाललाई सरुवामा परे । नेपालमा कर्मचारीले चाहेर पनि किन काम गर्न सक्दैनन् भन्ने कुरा यस्तो कुशासन नै मुख्य कारण हो । दहाल तीन महिनामै सरुवा भएका हो । 

    सोमबार बसेको मन्त्रीपरिषदको बैठकबाट उनलाई राष्ट्रिय सूचना आयोगमा सरुवा गरेको छ । भौतिक,पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ठाडो प्रस्तावमा दहालको सरुवा गरिएको हो । ‘यातायातलाई सुधार गर्नका लागि केहि राम्रा योजना बनाएको थिए । केही व्यक्तिको स्वार्थका कारण सरुवा भए । उनले नयाँ वसपार्कको १ सय ६५ रोपनीमध्ये ८० रोपनीमा मात्रै वसपार्कले हडपेको छ । लोत्से बहुउदेश्यीय संस्थाको नाममा अतिक्रमण भएको जग्गा खोजविन सुरु भएको थियो। 

     

    भाडा बढाउने निर्णय

    उनले विभाग आएपछि सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेका थिए। वैज्ञानिक भाडादर कायम गरेको भन्दै बसमा २० र ट्याक्सीको १३ प्रतिशत भाडादर बढाउने निर्णय गरेका थिए । मन्त्री महासेठले भाडादर बढाउन स्वीकृती दिएको तर उपयुक्त समय नभएको भन्दै फिर्ता लिन लगाएका थिए। चौतर्फी आलोचना भएपछि भाडा बढाउने निर्णयबाट सरकार पछि हटेको थियो।

     

    मालवाहक सवारीसाधन रोक

    उनले उपत्यकाका मूख्य स्थानमा रात्रीबस चलाउने निर्णय गरेका थिए । व्यवसायीहरुले पहिले लिखित रुपमा प्रतिबद्धता जनाएपनि पछि ५ जना  यात्रु चढाएर बस चलाउन नसकिने बताएपछि यो निर्णयबाट पनि ब्याक हुनुपरेको थियो। साउन १ गतेदेखि आपतकालीन बाहेक दिउँसो ढुवानीका सवारीसाधन उपत्यकाभित्र संचालनमा रोक लगाउने निर्णय गरेका थिए । यस आधारमा हेर्ने हो भने कुनैपनि मन्त्रीको स्वर्थ र व्यवसायीको प्रलोभनमा परेर विभागका महानिर्देशकहरुलाई छोटो समयमा परिवर्तन गराउने हो भने देशको यातायात क्षेत्र कहिले पनि विकास हुन सक्दैन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast