सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    ओली-प्रचण्डको संयुक्त वक्तव्यः सरकारको बचाउ, कार्यकर्तालाई निर्देशन

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २८ असार । 
    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ती देशका विभिन्न भागमा हालै भएको अविरल बर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । संयक्त वक्तव्यमा राहत र उद्दारको काम भइरहेको भन्दै सरकारको बचाउ गरिएको छ भने नेता–कार्यकर्तालाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशित गरिएको छ । 

    वक्तव्य जस्ताको तस्तैः
    देशका विभिन्न भागमा हालै भएको अविरल बर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट हाम्रो पार्टी अत्यन्त दुःखी भएको छ । दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने दिदी–बहिनी तथा दाजुभाइहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, यसक्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

     

    पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेकै छ । हामी हाम्रो पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरुलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशित गर्दछौं । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast