बुधबार, कार्तिक ६, २०७६
    राज्य-समाज

    आइतबारसम्म देशैभर अविरल वर्षा जारी रहने, यी हुन् बाढीको सम्भावना भएका नदी र खोला

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २८ असार । 

    जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले देशैभर भइरहेको अविरल वर्ष आइतबार रातिसम्म जारी रहने प्रक्षेपण गरेको छ । शनिबार र आइतबार देशैभर अविरल वर्षा कायम रहने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । सोमबार बिहानदेखि भने मौसममा सामान्य सुधार हुने पूर्वानुमान छ । 

    भारी वर्षाको सम्भावना
    शनिबार दिउँसो पूर्व र मध्य तराई तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । पूर्व र मध्य पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ ।  शनिबार राति पूर्वको मध्यपहाडी क्षेत्र र पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । राति नै तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने अनुमान छ । 

     

     आइतबार दिउँसो, पूर्व तथा मध्य क्षेत्रका केही स्थान र पश्चिमका केही स्थानमा भारी वर्ष हुने अनुमान छ । पूर्व र मध्य, पश्चिम पहाडी क्षेत्र र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।  आइतबार राति भने पूर्व मध्य क्षेत्रका थोरै स्थान तथा पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भने धेरै भारी वर्षको अनुमान छ । पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

    बाढीको सम्भावना भएका नदी र खोला 
    शनिबार र आइतबार प्रदेश नम्बर १, २, ३ र गण्डकी प्रदेशका चुरे क्षेत्र भई बग्ने नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी दुई दिन पूर्वको कन्काई, सप्तकोसी, तमोर, दूधकोसी, सुनकोसी, कमला, बागमती र पूर्वी राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । यस्तै, प्रदेश नम्बर १ र २ का तराई क्षेत्र, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम क्षेत्रका होचा भूभाग डुबानमा पर्न सक्ने महाशाखाले अनुमान गरेको समाचार नयाँ पत्रिकामा छ । 

    कहाँ कति वर्षा भयो ?
    शुक्रबार सबैभन्दा धेरै सिमरामा ३११ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । क्रमशः जनकपुर २४५ दशमलव २, धरान १५५ दशमलव ८, काठमाडांैमा ११५ दशमलव २, ओखलढुंगामा १०१ दशमलव ३ र धनकुटामा ७५ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast