बिहिवार, कार्तिक २८, २०७६
    यातायात

    पासाङल्हामु राजमार्ग खुल्यो, ब्राबल भिरको अवरोध हट्यो

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर
    फाइल फोटो

    रसुवा, २७ असार । 

    बिहीबारदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग शुक्रबार सञ्चालनमा आएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज रामशरण कुमालका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्राबल भिरमा ट्रक बिग्रिँदा सडक अवरुद्ध बनेको हो । 

    नुवाकोटको त्रिशूलीबाट आएको प्राविधिक टोलीले ट्रक मर्मत गरेपछि उक्त सडक सञ्चालनमा आएको हो ।

    अहिले सयौँ सवारी साधन गन्तव्यतर्फ गुडेका छन् । वर्षायाममा सवारी साधनले क्षमताभन्दा बढी मालसामान बोक्दा सडक धस्सिने गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast