बिहिवार, कार्तिक २८, २०७६
    सावधान

    बाढी र पहिरोको बितण्डाले देशभर १७ जनाको मृत्यु, डुबान सम्भावित एरियाका बासिन्दाले निम्न सावधानी अपनाऔँ

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २७ असार ।

    देशभर जारी लगातार वर्षासँगै आएको बाढी र पहिरोमा परी १७ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी १३ जना घाइते भएका छन् भने ७ जना वेपत्ता भएका छन् । अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, मकवानपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा १–१ जना गरी ७ जनासहित १७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

    काठमाडौंको मुलपानीमा छिमेकी घरको पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । पर्खालमा पुरिएर मृत्यु हुनेमा कुन्दन यादव, सर्मिला यादव र निलु यादव रहेका महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ ।

    यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका– बाप्लुखामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । पहिरोले बगाउँदा बाप्लुखाका ३१ वर्षीया विष्णु राईकी श्रीमती रेखासहित छोराहरु रोमन र रोहनको मृत्यु भएको हो ।

    घरसँगै पहिरोमा पुरिएका विष्णुको स्थानीयले उद्दार गरेपनि उनकी श्रीमती, १ छोरा र १ छोरीको भने ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परेर अहिलेसम्म ५ जना बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार मोरङ, सुनसरी, महोत्तरी, पर्सा र काठमाडौंमा १–१ जना गरी ५ जना बेपत्ता छन् । बाढी र पहिरोमा परि अहिलेसम्म १३ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिरहामा २, सर्लाहीमा १, रौतहटमा ५, खोटाङमा १, काभ्रेमा २ र ललितपुरमा १ गरी १३ जना घाइते भएका छन् ।

    गृह मन्त्रालयका अनुसार रौतहटको बृन्दावन नगरपालिका–१ बलरीखोरमा बागमती नदीमा आएको बाढीमा १५ जना फेसका र उनीहरुको उद्दार कार्य भइरहेको । यस्तै काठमाडौंको कलंकीस्थित ढुङ्गे अड्डाको होचो भागमा ३ जना फसेका र उनीहरुको पनि उद्दार जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

    मनसुन/वर्षातको समयमा अपनाउनु पर्ने सतर्कता तथा अत्यावश्यक सुरक्षाका उपाय :

    १. देशैभरी मनसुन सक्रिय रहेकाले बाढी डुबान र पहिराेका जाेखिमयुक्त स्थानहरूमा सावधानी अपनाऔँ ।

    २. उच्च जाेखीममा रहेका बस्तीहरू पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गराैँ ।

    ३. आपतकालिन अत्यावस्यक सामाग्री (जस्तै खानेकुरा, कपडा, औषधि, पानी) हरूकाे जाेहाे गरी सुरक्षित स्थानमा राखाैं ।

    ४. बालबालिका महिला जेष्ठ नागरिक/वृद्धा तथा अपाङ्गता भएका उच्च जाेखिममा रहेका व्यक्तिहरूकाे सुरक्षामा विशेष प्राथमिकता दिऔँ  ।

    ५. माैसम पूर्वानुमान तथा नजिकका नदी-नालामा पानीकाे बहावकाे सूचना लिइ आवस्यक सतर्कता अपनाऔँ । नदीकाे सतह बढेमा तल्लाे  तटिय क्षेत्रमा सूचना प्रवाह गराैं ।

    ६. बाढी आएकाे बेलामा नदी-नालामा माछा मार्ने, पाैडी खेल्ने, काठ-दाउरा संकलन गर्ने र गाइ-वस्तु चराउने जस्ता कार्यहरू उच्च जाेखिममा रहने हुँदा त्यस्ता कार्यहरू नगराैं/नगराऔँ  ।

    ७. सराेकारवाला निकायहरूले अत्यास्यक सामाग्री, आवस्यक जनशक्ति र उच्च सतर्कतासहित तयार भइ प्रति कार्यमा जुटाैं ।

    ८. माैसम पूर्वानुमान सम्भाव्य जाेखिम तथा सूरक्षाका उपायहरूकाे बारेमा सराेकारवालाहरू सबैले जाेखीममा रहेका परिवारहरू तथा बस्तीहरूलाइ समयमा नै सु-सुचित गराऔँ ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast