सोमबार, भाद्र २, २०७६
    अावास-निर्माण

    कञ्चनपुरमा भारतीय एसएसबीको गोलि लागी सहादत भएका शहिद गोविन्द गौतमको शालिक अनावरण

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर

    कञ्चनपुर, २७ असार ।

    कञ्चनपुरमा भारतीय एसएसबीको गोलि लागी सहादत भएका शहिद गोविन्द गौतमको शालिक अनावरण गरिएको छ । कञ्चनपुरको आनन्दबजारमा विहिबार सुदुरपश्चिम प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ र पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले संयुक्तरुपम सालिक अनावरण गरेका हुन् ।

    सालिक अनावरण कार्यक्रममा बोल्दै प्रमुख कार्यक्रमका अतिथि सांसद तामाङले प्रदेश सरकारले सहिद गोविन्द गौतमको लागि सम्मान प्रकट गरे । उनको सम्झनामा अहिले पार्कको स्थापना मात्र गरेपनी आगामी आर्थिक बर्षका लागि ३० लाख बजेट विनियोजन गरिएको उनकाे भनाइ छ। उनले यस क्षेत्रकै पर्यटकीय क्षेत्रमा सहिद गोविन्द गौतम स्मृति पार्कलाई विकास गरिने बताए।

    कार्यक्रमका सभापति रहेका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले सानो क्षेत्रफलमा पार्क निर्माण सुरुगरेतापनी पार्कसंगै रहेको नमुना सामुदायिक वनको क्षेत्रलाई समेत समेटेर नमुनारुपमा विकास गरिने बताताए ।

    शहिद गोविन्द गौतमका पिता खेमलाल गौतम आफ्नो छोराको शालिक हेर्ने चाहाना पुरा भएको भन्दै देशको सीमा रक्षाका लागि लडेर प्राण त्यागेको छोरोको सम्मान गर्दै राज्यले स्मृति पार्क निर्माण गर्दा खुशी लागेको बताए । सीमा सर्वेगरि स्तम्भहरु गाड्न पाए छोरोको आत्माले शान्ति पाउने उनकाे भनाइ छ ।

    सुदुरपश्चिम प्रदेश सरकारको प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको प्रदेश सभा सदस्य तारालामा तामाङको प्रदेश पुर्वाधार विकास योजनाबाट ८ लाखको बजेटमा शालिक र पार्क निर्माण भएको छ । त्यस्तै, पुनर्वास नगरपालिकाको ५ लाख बजेटबाट पार्कका लागि गेट र तटबन्ध निर्माण भएको छ । कुल १३ लाख बजेटमा निर्माण थालनी भएको पार्क शहिद गौतमको आफ्नै जमिनमा निर्माण भएको हो । पुनर्वास नगरपालिका ४ को नमुना सामुदायिक वन र नमुना प्राविसंगै रहेको शहिद गौतम निवास नजिकको ५ कठ्ठा जमिनमा हाल पार्क निर्माण भएको छ ।

    भारतले दिनानुदिन अतिक्रमण गर्दै आईरहेको नेपालको सीमा रक्षाका लागि कञ्चनपुरको आनन्द बजारमा २०७३ फाल्गुन २६ गते भएको भारतीय आक्रमणमा भारतीय एसएसबीको गोलि लागि शहिद गौतमले सहादत प्राप्त गरेका थिए ।

    भारतले नेपालीभुमिलाई जबर्जस्ती विवादित भूमि बताउदै अतिक्रमण गरिरहेको छ । सुदुरपश्चिमको सीमा सर्वेका लागि पटकपटक गठन भएका सीमासर्वे टोलिले अन्य ठाँउहरुमा सर्वेगरि सीमास्तम्भ समेत निर्माण भईसक्दा सुरक्षा चुनौती देखाउदैँ पुनर्वासमा भने सर्वे मात्र गरेका छन, सीमा स्तम्भ गाडेका छैनन् । भारतले पुनर्वास, बेलौरी लगायत कञ्चनपुरको दक्षिणीभेगको सीमावर्ती क्षेत्रमा कुनैपनी पक्की संरचना निर्माण गर्न दिएको छैन ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast