मंगलवार, असोज ७, २०७६
    खेल संसार

    फिफा वरीयतामा नेपाली महिला फुटबल टोलीको २ स्थान सुधार

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २७ असार ।

    नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा २ स्थान सुधार गरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको विश्व वरीयतामा नेपाली महिला टोली २ स्थानमाथि उक्लिँदै १ सय १ औं स्थानमा पुगेको हो ।

    यसअघि नेपाली टोली १ सय ३ औं स्थानमा रहेको थियो । ओलम्पिक छनोटको दोस्रो चरण पुग्न सफल नेपाली महिला टोली चैतमा विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा दोस्रो भएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast