सोमबार, मंसिर २३, २०७६
    यातायात

    पहिराेले नारायणगढ-मुग्लिन सडक अवरूद्ध, पहिराे पन्छाउँदै प्रहरी

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर

    काठमाडाैं, २७ असार ।

    तीन दिनदेखिकाे निरन्तर निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ-मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ : ५५ बजेबाट सडक फेरि अवरुद्ध भएको हो।

    जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ।

    त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा बिहान ६ : ४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

    फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्दछ। पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast