सोमबार, भाद्र २, २०७६
    स्वास्थ्य

    सुगर, ब्लडप्रेशर आदीको घरेलु उपचार 'जामुनो' जसका छन् अनेकौं फाइदा (विधि सहित)

    शुक्रबार, २७ आषाढ २०७६, -आहा खबर / स्वास्थ्य .

    काठमाडौं, २७ असार । 

    विशेषगरी गर्मि मौसममा आँप बाहेक अन्य केही फल समेत स्वास्थ्यका लागि लाभकारी हुन्छ । जसमध्ये एक फल हो जामुनो ।

    जामुनो खानका लागि जति स्वादिष्ट हुन्छ त्यति नै स्वास्थ्यका दृष्टीले फाइदाजनक मानिन्छ । केही अमिलो र गुलियो यो फल विशेषगरी डायबिटीजका बिरामीका लागि बरदान नै मानिन्छ ।  

     

    जामुनोका अनेक फाइदा 
     

    त्यसमा रहेको एन्टीक्सीडेन्ट, एन्टीबैक्टीरियल तथा एन्टी क्यान्सर गुणले भरपूर फल जामुनले मानिसको शरीरमा क्यान्सरको सेल बढ्नबाट रोक्छ । 
     

    जामुनोको बिउको पाउडर तयार पारेर त्यसलाई मनतातो पानीसँग मिसाएर खानाले त्यसबाट पथ्थरी निको पार्न सकिन्छ । त्यस्तै सो पाउडरलाई दहीसँग पनि खान सकिन्छ ।

    त्यस्तै, जामुनको बीउको पाउडर बनाएर त्यसलाई मनतातो पानीको साथमा सेवन गर्नाले शरिरमा सुगरको लेबल नियन्त्रणमा रहन्छ । त्यस्तै यो फल ब्लड शुगरलाई समेत कन्ट्रोल  गर्न सक्षम मानिन्छ । 

     

    ब्लड प्रेशर र पाचन 
     

    त्यस्तै, यदी तपाईं हाई ब्लड प्रेशरको समस्याले ग्रस्त हुनुहुन्छ भने यो फल निकै लाभदायी मानिन्छ । यसले सजिलै रक्तचापलाई नियन्त्रण गर्छ । त्यस्तै नियमित जामुनोको सेवन गर्नाले शरिरको पाचनक्रिया समेत ठीक हुँदै जान्छ । 

    विशेषगरी एसिडिटी वा कब्जीयत लगायतका समस्यामा यो फल निकै फलदायी छ ।  

    त्यस्तै, यो फल फेक्सोको सुरक्षाका लागि पनि निकै उपयोगी मानिन्छ । जामुनो खानाले शरीरमा भएको रगतको कमी पूरा हुँदै जान्छ भने जसबाट शरिरमा सही तरिकाले रक्तसञ्चार गराउँछ । 

    जामुनोको बिउको पाउडर तयार पारेर त्यसलाई मनतातो पानीसँग मिसाएर खानाले त्यसबाट पथ्थरी निको पार्न सकिन्छ । त्यस्तै सो पाउडरलाई दहीसँग पनि खान सकिन्छ । 

    जामुनोमा पाइने एन्थोसाइनिडिंस, ऐलेजियेक एसिड तथा एन्थोसायनिन्स जस्ता पोषक तत्व रहने भएकाले यो फल मुटुका बिरामीलाइ समेत निकै फाइदाजनक मानिन्छ ।  

     

    सौन्दर्यका लागि लाभदायी 
     

    लाभकारी फल जामुनोमा विटामिन ए र विटामिन सी प्रचुरमात्रमा पाइने भएकाले यसको नियमित सेवनले छालामा समेत निखारपन आउँछ ।

    साथै यसबाट मुहारमा भएको कालो दाग धब्बा समेत बिस्तारै हराउँदै जान्छ । 
     

    त्यसैगरी नियमितरुपमा जामुनोको पाउडरले दाँत मञ्जन गर्नाले दाँत तथा गिँजासँग सम्बन्धित समस्या दूर हुँदै जान्छ । 

     

    बच्चाका लागि लाभकारी

    कतिपय साना बच्चाहरूको बेडमा पिसाब गर्ने बानी समेत हुन्छ । यस्तो बानी छुटाउन जामुनोको गेडाको पाउडर निकै उपयोगी मानिन्छ ।

    यसको उपचारका लागि बच्चालाई जामुनोको आधा चम्चा पाउडर पानीमा घोलेर खुवाउने गर्न सकिन्छ । 
     
    महीनावारीमा लाभ

     

    कतिपय महिला नियमित महीनावारी नहुने समस्याबाट पीडित हुन्छन् । त्यस्ता महिलाले जामुनोको पाउडर मिलाएर खानाले यस खाले समस्याबाट छुटकारा मिल्छ  ।

    यस्तो समस्या भएकाले दैनिक १ चम्चा पाउडर सेवन गर्नुपर्छ अनि ठीक हुन्छ । 

     

    जामुनोको पाउडर बनाउने विधि

    सबैभन्दा पहिले जामुनोका गेडा सङ्कलन गरी त्यसलाई सफा गर्नुहोस् र त्यसलाई सुकाउन घाममा राख्नुहोस् ।

    सुकिसकेपछि यसको बोक्रा निकालिदिनुहोस् अनि गेडालाई पहिले सा साना टुक्रा बनाउनुहोस् ।

    त्यसपछि त्यसलाई पिसेर पाउडर बनाई शिशीमा राखी आवश्यकता अनुशार प्रयोग गनुहोस् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast