बुधबार, कार्तिक ६, २०७६
    राज्य-समाज

    कांग्रेस महामन्त्री शशांक कोइरालाको कार बाढीमा डुबेपछि…

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २७ असार ।

    विगत ३ दिनदेखि लगातार  पानी पर्दा देशभर बाढी र पहिरोको प्रकोप बढेको छ ।लगातारको वर्षाका कारण संघीय राजधानी काठमाडौंका विभिन्न क्षेत्र पनि डुवानमा परेका छन् । 

    काठमाडौं उपत्यकामा भएको डुवानका कारण नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि सास्ती खेप्नु परेको छ ।

    शुक्रबार बिहान बागमती करिडोर हुँदै सानेपास्थित पार्टी कार्यालय जान लागेका कोइरालाले टेकु पुलमुनि जमेको पानीका कारण केहीबेर सास्ती खेप्नुपर्‍यो । कोइराला चढेको बा१७च ६६३४ नम्बरको कार टेकु पुलमुनि जमेको पानीमा डुब्न पुग्यो । पानीमा डुबेको कार निकाल्न अर्को गाडीको सहयाता नै लिनु परेको थियो ।

    कोइरालाको कार पानीमा डुबेपछि अर्को गाडी बोलाइ रसीले बाँधेर निकाल्नु परेको थियो । आफू सवार कार पानीमा डुबेपछि कोइराला भने गाडीबाट उत्रिएर केहीबेर सडक छेउको चिया पसलमा रोकिएका थिए ।

    बाढीको पानीमा डुबेको कार निकालेर सफा गरिसकेपछि कोइराला पार्टी कार्यालयतर्फ लागेका थिए । डुवानका कारण सर्वसाधारणले पनी सास्ती व्यहोर्नु परिरहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast