मंगलवार, श्रावन ७, २०७६
    राज्य-समाज

    जापानमा नेपाली कामदार लैजाने तयारी : भाषा र सीप परीक्षा हुँदै

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २७ असार । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर (नर्सिङ केयर) कामदार लैजाने जापानको तयारी छ ।

    जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने बताइएको छ ।

    भाषा परीक्षापछि सीप परीक्षण गरिन्छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ ।

    सीप र भाषाको परीक्षा जापान सरकारले तोकेका संस्थाले लिनेछन् । जापानले रोजगारीको अवसर खुलाएका देशका नागरिकका लागि तोकिएको सीपमा जापानमा पनि परीक्षा सञ्चालन गरी कामदार आपूर्ति भइरहेको छ ।

    कम्प्युटरमा आधारित भाषा परीक्षा सञ्चालन हुनेछ । उत्तीर्ण भएका सूचीका आधारमा कामदार जापान जान पाउने उनले बताए । नर्सिङ केयरका लागि अरु योग्यता र तालिमको प्रमाणपत्र अनिवार्य गरिएको छैन । नर्सिङ केयर क्षेत्रमा रुचि भएका तथा भाषामा निपुर्ण भएका जोकोही जापान जान पाउनेछन् । नर्सिङ केयरका लागि परीक्षा सञ्चालन प्रक्रिया सुरु भए पनि कति कामदार लैजाने भन्ने यकिन भइसकेको छैन । 

    जापानमा वृद्ध जनसंख्या बढ्दै गएकाले जापानले पहिलो चरणमा उनीहरूको हेरचाहलाई लक्ष्य गरेर नर्सिङ केयरमा कामदार लैजान लागेको हो ।

    कामदार जापान लैजाने प्रक्रिया अघि बढेसँगै वैदेशिक रोजगार विभागमा जापान रोजगार युनिट स्थापना गर्ने तयारी अन्तिमचरणमा पुगेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast