बुधबार, कार्तिक ६, २०७६
    राज्य-समाज

    भोजपुर भिडन्त अपडेट : ‘भाइ–भाइ’ भन्दै चिया पिउन सँगै होटल पसेका दुई साथीबीच कसरी भयो गोली हानाहान ?

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर

    काठमाडाैं, २७ असार ।

    बुधबार भोजपुरमा भएकाे प्रहरी विपलव भिडन्तमा  दुवैतर्फ एक–एक जनाको ज्यान गयो । ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सञ्जिव राई र विप्लव समूहका नेता निरकुमार राई थिए ।

    विप्लव समूहका ओखलढुङ्गा इञ्जार्ज रहेका निरकुमार श्रीमती र छोराछोरी भेट्न घर भोजपुर पुगेका थिए । बुधबार बिहान साढे आठ बजेको समयमा दोहोरो भिडन्त भएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको थियो । घटनामा अन्य दुईजना प्रहरी जवान समेत घाइते भएका थिए । तर, घटनामा ज्यान गुमाएका प्रहरी जवान र विप्लव समूहका नेताबीच चिनजान भएको र बुधबार बिहान उनीहरुले सँगै चिया खाएको खुलेको छ ।

    के भएकाे थियाे ?

    बिहानै नेपाल प्रहरीका प्रहरी जवान सञ्जिव राई भाेजपुरकाे हटिया नजिकै होटल अगाडि आइपुग्छन् । प्रहरी जवान सञ्जिवको पछि–पछि प्रतिबन्धित विप्लप नेतृत्वको नेकपाका सगरमाथा व्युरो सदस्य तथा ओखलढुङ्गा जिल्ला समितिका सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’ पनि त्यहाँ पुग्छन् ।

    प्रत्यक्षदर्शी सीता विकका अनुसार निरकुमार राई र सञ्जिव राईबीच जम्काभेट हुनअघि निरकुमारको सशस्त्र प्रहरी बल टक्सार गुल्मका एक जवानसँग भेट भएको थियो । ‘सञ्जिव राई भोजपुर नगरपालिकाको कार्यालय जाने गेट नजिकै रहेका थिए,’ विक भन्छिन्, ‘निरकुमार राईले त्यहिँ सशस्त्र प्रहरी वल टक्सार गुल्मका जवान भेटाए । ती जवानसँग गफ गर्दै मेरो पनि दाजु सशस्त्र प्रहरीमा नै छ मलाई नी नम्बर दिनु भनेर फोन नम्बर एक आपसमा साटासाट गरे र छुटे ।’

    त्यसपछि मात्र निरकुमारको प्रहरी जवान सञ्जिव राईसँग भेट भएको थियो । पुरानै चिनजान भएको कारण दुवैजना हात मिलाएर गफ गर्दै पाँचधारे होटलभित्र चिया खाना पस्छन् । होटलको काउन्टर नजिकै दुवै जना बस्छन् ।

    सञ्जिव राईले दुई कप चिया माग्छन् । निरकुमारले भने शुरुमा चिया पिउन इन्कार गरेको होटल सञ्चालकको भनाइ छ । चिया आएपछि सञ्जिव र निरकुमार चिया बोकेर होटलको दाहिने पट्टी रहेका टेबलमा पर्दा लगाएर गफिन थाल्छन् ।

    गोली लागेका प्रहरी जवान राई होटलको ¥याकमा ठोक्किएपछि ढलपलिँदै सडकमा गएर ढल्छन् । प्रत्यक्षदर्शीका अनुसार करिब  बिहान ८ बजेर ४५ मिनेटमा गोली चलेको थियो । विप्लव नेता प्रशान्तले गोली प्रहरी जवान राईलाई गोली प्रहार गरेपछि भाग्न खोज्छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जवाफी फायरमा गर्छ । प्रशान्तलाई पनि गोली लाग्छ । उनी पनि ढल्छन् । त्यसपछि प्रहरीले उनलाई पक्रन्छ ।

    होटल सञ्चालकले दुवैको गफ सुनिरहेका थिए । निरकुमारको भनाइ उद्धृत गर्दै उनी भन्छन्, ‘सञ्जिव, मेरो कति पिछा गर्छस् रु अब मेरो पिछा गर्न छाडी दे ।’ यता, निरकुमार र सञ्जिव चिया गफमा भुलिरहेका हुन्छन् ।

    उता, बिहान करीब ८ः१५ बजेतिर जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको फोनमा सूचना आउँछ – पाँचधारे होटलमा विप्लवका कार्यकर्ताहरु बसिरहेका छन् । पाँचधारे होटलमा नीरकुमार मात्र होइन विप्लवका अन्य कार्यकर्ताहरु पनि थिए । यो खबर गर्ने अरु कोही नभएर भोजपुरमा विप्लव समूहको गतिविधि बारेमा जानकार घुमुवा प्रहरी जवान सञ्जिव राई नै थिए।

    विप्लवका कार्यकर्ताहरु होटलमा रहेको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा प्रहरीहरु जिल्ला प्रहरी कार्यालयले खटाउँछ । प्रहरीहरु खेमनाथ भट्टराई, सुरेन्द्र माझीलगायतका प्रहरी टोली पाँचधारे होटलतिर निस्क्नछन् ।

    यता, निरकुमार र सञ्जिव चिया गफमै हुन्छन् । दुवै जना परिचित मात्रै होइन साथी पनि थिए । प्रहरीमा भर्ना हुन अघिसम्म सञ्जिव पनि माओवादी आन्दोलनसँग सामिप्य राख्ने मान्छे थिए । प्रशान्त त माओवादी जनयुद्धका कम्पनी कमाण्डर ।

    निरकुमार राई केहि दिन अघिबाट नै सदरमुकाम आसपासमा नै बसोबास गर्दै आएको स्रोतले बताएको छ । निरकुमार श्रीमति र छोरासहित भोजपुर नगरपालिकाको कोदार भन्ने ठाउँमा बस्दै आएको स्रोतको भनाइ छ । लामो समयसम्म नभेटेका साथीहरुलार्ई विदेशबाट ३–४ दिन भयो नेपाल आएको भन्दै हिँड्ने गरेको स्थानीय बताउँछन् ।

    स्थानीय र प्रत्यक्षदर्शीहरुका अनुसार बुधबार प्रहरी जवान सञ्जिव ‘मर्निङ्ग वाक’मा निस्किएका थिए । ‘मर्निङ्ग वाक’मा निस्किएका राईलाई विप्लव समूहका इञ्चार्ज ‘प्रशान्त’ले भोजपुर बजारदेखि नै पिछा गरेका थिए ।‘उनीहरु मिल्ने साथी जसरी कुरा गरिरहेका थिए,’ दुवैको गफ सुनेका होटल सञ्चालक बताउँछन् ।

    उता, बिहान करीब ८ः१५ बजेतिर जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको फोनमा सूचना आउँछ – पाँचधारे होटलमा विप्लवका कार्यकर्ताहरु बसिरहेका छन् । पाँचधारे होटलमा नीरकुमार मात्र होइन विप्लवका अन्य कार्यकर्ताहरु पनि थिए । यो खबर गर्ने अरु कोही नभएर भोजपुरमा विप्लव समूहको गतिविधि बारेमा जानकार घुमुवा प्रहरी जवान सञ्जिव राई नै थिए।

    कुराकानीकै बीचमा विप्लव समूहका इञ्चार्ज निरकुमारलाई शंका लाग्छ । उनी पिसाव फेर्न जान्छु भन्दै भाग्न खोज्छन् । तर प्रहरी जवान राईले भने ‘तपाईं नजानोस् मैले साथीहरु बोलाएको छु’ भनेर रोक्न खोज्छन् ।

    प्रहरी जवान राईले त्यसबेलासम्म निरकुमारलाई पक्राउ गर्ने योजना अनुसार जिल्ला प्रहरी कार्यालयबाट टोली झिकाउन भ्याइसकेका थिए । प्रहरी आउँदैछ भन्ने थाहा पाएपछि निरकुमार भाग्ने प्रयास गर्छन् । प्रहरी जवान राईले तत्कालै झम्टिएर उनलाई पक्रन्छन् । नियन्त्रणमा लिन खोज्दा दोहोरो भनाभन र तानातान हुन्छ ।

    यही बीचमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोली पाँचधारेमा आइपुग्छ । त्यसपछि घटनाले हिंसक मोड लिन्छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट आएका सादा पोशाकका प्रहरी आएको देखे लगत्तै आत्तिएका प्रशान्तले प्रहरी जवान राईमाथि गोली प्रहार गर्छन् ।

    गोली लागेका प्रहरी जवान राई होटलको ¥याकमा ठोक्किएपछि ढलपलिँदै सडकमा गएर ढल्छन् । प्रत्यक्षदर्शीका अनुसार करिब  बिहान ८ बजेर ४५ मिनेटमा गोली चलेको थियो । विप्लव नेता प्रशान्तले गोली प्रहरी जवान राईलाई गोली प्रहार गरेपछि भाग्न खोज्छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जवाफी फायरमा गर्छ । प्रशान्तलाई पनि गोली लाग्छ । उनी पनि ढल्छन् । त्यसपछि प्रहरीले उनलाई पक्रन्छ ।

    प्रत्यक्षदर्शी भन्छन्, गोली लागेर ढलेर टेम्पोमा लैजादा समेत ‘मलाई गाह्रो भयो छोडी दे भन्दै संघर्ष गर्दै थिए ।’ जिल्ला अस्पताल भोजपुरले लैजान साथ मृत घोषणा गरेको थियो । स्रोतका अनुसार अत्याधिक रक्तस्राब भएर उनको बाटैमा ज्यान गएको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast