आईतवार, मंसिर २२, २०७६
    लेख/संवाद

    नेपालीमुलको अमेरिकी पनि भोलि राष्ट्रपति बन्न सक्छ

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २७ असार ।

    पहिलो पुस्ता आर्थिक पाटो बलियो बनाउनेतर्फ लाग्यो । त्यसपछि भाषा, संस्कृति जोगाउने अभियान चल्यो । अहिले राजनीतिक अधिकार खोज्ने अवस्था बनेको छ । हाल शेर्पा संघ अमेरिका अमेरिकी राजनीतिमा हस्तक्षेप गर्ने लक्ष्यका साथ क्रियाशील छ । संघका अध्यक्ष निमा शेर्पासँग अमेरिकास्थित गुम्देल ट्रष्टका अध्यक्ष सोनाम गेल्बु शेर्पाको समन्वयमा गरिएको कुराकानी ।

    अमेरिकामा किदुङ हुँदाहुँदै शेर्पा संघको आवश्यकता किन पर्यो ? 
    अमेरिकामा किदुङले आफ्नो भाषा, धर्म, संस्कृति सम्बद्र्धन गर्ने काम गर्दै आएको छ । तर, किदुङलाई राजनीतिक गतिविधि गर्ने अधिकार छैन् । नयाँ पुस्तालाई अमेरिकाको राजनीतिमा कसरी सम्लग्न गराउने भन्नेमा किदुङबाट काम हुन सक्दैन ।

    राजनीतिक रुपमा पनि अमेरिकामा चुनौती छ । नेपालबाट जानुभएका ह्यारी भण्डारी अमेरिकामा सांसद बन्नुभएको छ । सवैमा त्यो खालको सम्भावना हुँदैन  । तर, त्यस्तो क्षमता भएको मान्छे जन्मियो भने राष्ट्रपति पनि बन्न सक्ने सम्भावना हुन्छ ।  नेपालमा जन्मेर अमेरिकी नागरिक भएको व्यक्ति गभर्नरसम्म बन्न सक्छ । पहिलो पुस्ता आर्थिक पाटो बलियो बनाउनेतर्फ लाग्यो । त्यसपछि भाषा, संस्कृति जोगाउने अभियान चल्यो । अहिले राजनीतिक अधिकार खोज्ने अवस्था बनेको छ । 

    राजनीतिक रुपमा पनि हामी अघि बढ्नुपर्छ भन्ने विचारका साथ शेर्पा संघ अमेरिका स्थापना गरेका हौँ । नेपालबाट अमेरिका पुगेको व्यक्ति डिस्टिक प्रेसिडेन्ट, काउन्सिल मेम्बर हुन सक्छ । नेपाली मुलको अमेरिकनले भोलि प्रेसिडेन्ट पनि लड्न सक्छ । तर, हामीले अहिले पाउँदैनौँ । भोलि त्यो अवस्था आउँदा उनीहरुलाई समर्थन गर्ने, चुनावी क्याम्पियन गर्ने नेपालीको संस्था मेरो जानकारीमा भएसम्म शेर्पा संघ अमेरिका मात्रै हो । आजको अवस्थालाई मात्र होइन, भोलिको पुस्तालाई पनि हेर्नुपर्छ भन्ने ढंगले हामी अघि बढेका छौँ । गुम्बा किन्दाखेरीको किदुङको सचिव म नै थिएँ । राजनीतिक रुपमा पनि हस्तक्षेप गर्नुपर्छ भनेर शेर्पा संघ अमेरिका स्थापना गरेका हौँ । 

    शेर्पा संघ अमेरिका शेर्पाहरूका लागि मात्रै हो कि अन्य समुदायलाई पनि समेट्नुभएको छ ?
    हामी सानो दायराबाट सुरु गरेर ठूलो बनाउने अभियानमा छौँ । हामीलाई त्यहाँ अमेरिकन शेर्पा भनेर त कसैले पनि चिन्दैन । नेपाली अमेरिकन भनेर नै चिन्ने हो । नेपाली अमेरिकन जसको राजनीतिमा सम्भावना छ उसलाई समर्थन गर्ने, मेनस्टिम राजनीतिमा आउने पुस्तालाई कसरी अवारनेश गराउने भन्ने विषयमै हामी केन्द्रित छौँ । 
    भोलि नेपाली समुदायलाई त्यहाँको सरकारले बाट आँच आउने कुरा गरेमा, हक अधिकार खोस्ने कुरा गरेमा हामी त्यसको विरोध गर्न सक्छौँ । हरेक राजनीतिक गतिविधिमा हामी सम्लग्न हुन सक्छौँ । हाम्रो क्यान्डिडेट कोही भयो भने उसलाई फिल्डमा उत्रिएर सपोर्ट गर्न सक्छौँ । अरु परोपकारी संस्थाहरु जति पनि छन् । ५ व १ सी ३ अन्तर्गत पर्छन । उहाँहरुलाई राजनीतिक काम गर्न बन्देज छ । शेर्पा संघ भने ५ व १ सी ४ अन्तर्गत पर्ने भएकाले अमेरिकामा राजनीतिक क्रियाकलाप गर्ने छुट छ । 

    तपाई नेतृत्वको संघमा शेर्पा समुदायको व्यक्तिले मात्र सदस्य बन्न पाउने हुन या अन्य नेपाली अमेरिकनले पनि सदस्य बन्न पाउनुहुन्छ ? 
    कुनै पनि संघ संस्था पब्लिक च्यारेटी भइसकेपछि जुन सुकै समुदायको व्यक्ति पनि सदस्य बन्न सक्नुहुन्छ । अमेरिकामा शेर्पा, तामाङ, लिम्बु, मगर, गुरुङ, राईलगायतका नेपाली समुदायगत र विभिन्न जिल्लाका पनि संस्था छन् । पब्लिक संस्थामा कोहीलाई दिने, कोहीलाई दिन नमिल्ने भन्ने हुँदैन । कुनै पनि संघको सदस्यता लिन्छु वा लिन्नँ भन्ने तपाईको कुरा हो । विधानअनुसार संस्थाले दिन्न भन्न पाउँदैन । शेर्पा संघ अमेरिकाको सदस्यता लिन खुल्ला छ । मन लागेको बेला सदस्यता लिन सक्नुहुन्छ । नाम मात्र शेर्पा रहेको हो, यसभित्र हरेक समुदायका, हरेक देशका व्यक्ति अट्न सक्नुहुन्छ ।

    तपाईको संघमा अहिले सदस्य कति छन् ?
    सन् २०१७ मा मेरै अध्यक्षतामा शेर्पा संघ अमेरिका गठन भएको हो । हामी अहिले क्रियाशील सदस्य बनाउने क्रममा छौँ ।  नेपाली समुदायको सवैभन्दा ठूलो संस्था शेर्पा संघ अमेरिका हो । न्यूयोर्क वरिपरी मात्रै आठ/दश हजार शेर्पा समुदाय छन् । शेर्पा किदुङले राजनीतिक गतिवधि गर्न नमिल्ने भएकाले नै हामीले शेर्पा संघ स्थापना गरेका हौँ । त्यसकारण शेर्पा सम्बन्धि अमेरिकामा दुई वटा संस्था देखिएका हुन् । हामी विभाजित भएका होइनौँ । किदुङलाई राजनीतिक अधिकार नभएकाले संघ स्थापना गरिएको हो । 

     

    राजनीतिक उदेश्यका साथ खोलिएको संस्थाले मात्र नेताको फोटो राखेर कार्यक्रम गर्न सक्छ । राजनीतिक लविङ गर्न सक्छ । कतिपय अवस्थामा अधिकार नभएको विषयमा नेताको फोटो राखेर कार्यक्रम गरेको पनि सुनिन्छ । त्यस्तो गर्नु राम्रो होइन । त्यस्ता नियमविरितका काम रोक्नुपर्छ । भोलि अप्ठ्यारोमा पर्नुभन्दा आजै सच्चिएको राम्रो हुन्छ । जे काम गर्न संस्था खोलिएको हो, त्यही काम गर्नुपर्छ ।

    एनआरएनए अमेरिका भन्दा तपाईको संस्था कति फरक छ ? 
    एनआरएनए राजनीति गर्नका लागि गठन भएको संस्था होइन् । एनआरएनएले अमेरिकाकाको मेनस्टिम राजनीतिमा भाग लिँदैन । एनआरएनएले नेपालसँग जोडिएका काम गर्ने हो । तपाईले एउटा ड्रिम देख्नुभयो, त्यो ड्रिम देख्नका लागि चाहिने कुराको कोठा निकाल्नुभएको छैन । तर, शेर्पा संघ अमेरिका नेपालको भन्दा पनि अमेरिकाको राजनीतिमा केन्द्रित हुन्छ । त्यहाँको राजनीतिमा हाम्रो चासो हुन्छ । 

    विभिन्न दलका भातृ संस्थाहरु पनि अमेरिकामा देखिन्छन, उनीहरुले राजनीतिक विषय उठान गर्दैनन् ?
    दलका भातृ संस्थाले राजनीति गर्नुहुन्छ भने उहाँहरुले राजनीति गर्न मिल्ने खालको संस्था बनाउनुपर्छ । अमेरिकामा खाना बेच्ने हो भने खाना बेच्नका लागि मात्र लाइसेन्स दिइन्छ । यदि तपाईले चुरोट बेच्न चाहनुहुन्छ भने चुरोटका लागि छुट्टै लाइसेन्स लिनुपर्छ । अमेरिकामा विभिन्न दलका संस्थाहरु पनि नन प्रोफिट, नन पोलिटिकल भनेर दर्ता गरेको जस्तो लाग्छ । उहाँहरुले साँच्चै राजनीति गर्नुहुन्छ भने राजनीति गर्न मिल्ने खालको संस्था बनाउनुपर्छ । जुन कुराको छुट छैन त्यो गर्नुहुँदैन । राजनीतिक उदेश्यका साथ खोलिएको संस्थाले मात्र नेताको फोटो राखेर कार्यक्रम गर्न सक्छ । राजनीतिक लविङ गर्न सक्छ । कतिपय अवस्थामा अधिकार नभएको विषयमा नेताको फोटो राखेर कार्यक्रम गरेको पनि सुनिन्छ । त्यस्तो गर्नु राम्रो होइन । त्यस्ता नियमविरितका काम रोक्नुपर्छ । भोलि अप्ठ्यारोमा पर्नुभन्दा आजै सच्चिएको राम्रो हुन्छ । जे काम गर्न संस्था खोलिएको हो, त्यही काम गर्नुपर्छ ।

    तपाईले संस्थामा बसेर हेर्दा नेपाली अमेरिकनको सम्भावना, चुनौती के—के देख्नुभयो ?
    नेपालबाट अमेरिका गएपछि चुनौती अनगिन्ती हुन्छन् । तपाई जब नेपालको एयरपोर्ट छोड्नुहुन्छ तब सुरु हुन्छ चुनौती । अमेरिका पुगेपछि नसोचेका चुनौति पनि थपिने गर्छन् । भोलिका दिनमा सहज लाग्ने कुरा पनि त्यो दिनको चुनौति बन्ने गर्छ । 
    पहिलो पुस्ताका नेपाली अमेरिकनको मुख्य चुनौती आर्थिक पक्ष थियो । आर्थिक पाटोलाई बलियो बनाउनुपर्छ भन्नेतर्फ उहाँहरु लाग्नुभयो । अमेरिकाको कानुनअनुसार अमेरिकामा जन्मेको बच्चा राष्ट्रपतिको निर्वाचनमा उठ्न पाउँछ । भोलि नेपाली अमेरिकन पनि अमेरिकाको राष्ट्रपति बन्न सक्छ । त्यसका लागि राजनीतिक अधिकारसहितको संस्था आवश्यक छ । सोहीअनुसारको अवारनेश पनि जरुरी छ । त्यस्तो अवस्थामा तत्काल संस्था गठन गरेर काम गर्न धेरै कठिन हुन्छ । त्यो दिनका लागि सहज रुपमा काम गर्न शेर्पा संघ अमेरिका क्रियाशील छ । राजनीतिक रुपमा पनि अमेरिकामा चुनौती छ । नेपालबाट जानुभएका ह्यारी भण्डारी अमेरिकामा सांसद बन्नुभएको छ । सवैमा त्यो खालको सम्भावना हुँदैन  । तर, त्यस्तो क्षमता भएको मान्छे जन्मियो भने राष्ट्रपति पनि बन्न सक्ने सम्भावना हुन्छ ।  नेपालमा जन्मेर अमेरिकी नागरिक भएको व्यक्ति गभर्नरसम्म बन्न सक्छ । 
    पहिलो पुस्ता आर्थिक पाटो बलियो बनाउनेतर्फ लाग्यो । त्यसपछि भाषा, संस्कृति जोगाउने अभियान चल्यो । अहिले राजनीतिक अधिकार खोज्ने अवस्था बनेको छ । 
    तपाईसँग क्षमता छ भने अवसर खोसेर लिन सक्ने ठाउँ हो अमेरिका । नेपाली अमेरिकन वडाको सदस्य पनि हुनुुहुन्छ । सुरुवात भइसकेकेको छ । नयाँ पुस्ता राजनीतिक क्षेत्रमा पनि धेरै अगाडि बढ्न सक्छ । 
    नेपालजस्तै हो अमेरिकामा पनि । चुनावको बेला नेताहरुसँग नजिकिने अवस्था बन्ने, चुनाव सकिएपछि पातलिने हुन्छ । चुनौतीका बावजुत पनि हामीले केही गर्नुपर्छ । 

    अन्त्यमा ?
    शेर्पा संघ अमेरिका र शेर्पा किदुङको विषयमा भ्रममा पर्न आवश्यक छैन । नेपालमा पनि शेर्पा गुम्बा र शेर्पा संघ छुट्टाछुट्टै छन् । दुवैको भव्य भवन छ । यता नदेख्ने अमेरिकामा मात्र शेर्पाको दुई वटा संस्था देख्नुभएन । हामीले शेर्पा समुदायलाई फुटाएको होइन । अमेरिकी राजनीतिक क्षेत्रमा पनि हस्तक्षेप बढाउन शेर्पा संघ अमेरिका बनाएका हौँ । किदुङलाई राजनीतिक गतिविधि गर्ने अधिकार छैन । त्यसैले शेर्पा संघको परिकल्पना गरिएको हो । शेर्पा संघको कुनै समुदायलाई भड्काउने, फुटाउने आशय छैन र होइन पनि ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast