मंगलवार, कार्तिक ५, २०७६
    राज्य-समाज

    आठ लाख घुससहित बिपी प्रतिष्ठानका उपकुलपति पक्राउ

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २७ असार । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ लाख घुसहित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई पक्राउ गरेको छ ।

    राजधानीबाट खटिएको अख्तियारको टोलीले उपकुलपति निवासबाट बिहीबार रौनियारद्वयलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । 

    प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेपछि अख्तियारको टोली धरान पुगेको थियो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast