आईतवार, श्रावन ५, २०७६
    अावास-निर्माण

    भीमसेन मन्दिर निर्माणका लागि एभरेष्टको एक करोड सहयोग

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २६ असार

    व्यापारीका आराध्य देवता मानिने पाटनका भीमसेन मन्दिरको पुनर्निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडका अध्यक्ष बिके श्रेष्ठले रु एक करोड सहयोग हस्तान्तरण गर्नुभएको छ । 

    पुख्र्याैली घर पाटनमा भएका श्रेष्ठले बुबा साहु गणेशलाल श्रेष्ठको स्मरणमा रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले चेक ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जन, मङ्गल टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान र काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) का प्रमुख डा रोहित रञ्जितकारलाई हस्तान्तरण गर्नुभयो ।
     
    प्यागोडा शैलीमा निर्मित यो मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त बनेको थियो । मन्दिर दिनदिनै जीर्ण बन्दै गएपछि मङ्गल टोल सुधार समिति, ललितपुर उद्योग वाणिज्य सङ्घ, ललितपुर महानगरपालिका र नेपाल सरकार पुरातत्व विभागको संयुक्त प्रयासमा मन्दिर पुनर्निर्माणका लागि समिति गठन भई काम शुरु भएको थियो । समितिले मन्दिर पुनर्निर्माणमा सुन लेपनबाहेक रु चार करोड त्रियानब्बे लाख लाग्ने अनुमान गरिएको छ । 

    ललितपुर महानगरपालिकाले रु एक करोड र प्रदेश ३ सरकारबाट पचास लाख सहयोग गर्ने निर्णय गरिसकेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast