मंगलवार, कार्तिक ५, २०७६
    सावधान

    घूस लिएको अभियोगमा सहायक निरीक्षकविरुद्ध मुद्दा

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २६ असार 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
     
    वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको र त्यसलाई मिलाइदिने भन्दै कटुवालले विभिन्न बहाना बनाई एक सेवाग्राहीसँग रु सात हजार घूस लिएको आयोगले आरोप लगाएको छ । 

    आरोपी प्रहरी सहायक निरीक्षक कटुवालविरुद्ध बिगो असुल गर्ने माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast