मंगलवार, श्रावन ७, २०७६
    आर्थिक खबर

    फेरी बढ्याे सुनकाे मूल्य, कति पुग्याे ?

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    काठमाडाैं, २६ असार ।

    बिहीबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । बुधबार प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार ४ सयले बढेकाे हाे । 

    आज सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी ब्यवसायी महासंघले बताएको छ । मंगलबार प्रतिताेला ६४ हजार ५ सयमा काराेबार भएकाे सुनकाे मूल्य बुधबार २ सयले घटेर ६४ हजार ३ सयमा काराेबार भएकाे थियाे ।

    अघिल्लो दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast