शनिबार, कार्तिक ३०, २०७६
    कला-सौन्दर्य

    मिल्यो छविराज र शिल्पाको झगडा

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २६ असार ।

    फिल्म निर्माता छविराज ओझा र नायिका तथा मोडल शिल्पा पोखरेलकाे मेलमिलाप भएकाे छ । उनीहरूले अब एकअर्कालाई आरोप नलगाउने सहमति गर्दै विवाद साम्य पारेका हुन् ।

    दुवैले अब एकले अर्कालाई पारिवारिक र व्यक्तिगत विषयमा आक्षेप नलगाउने सहमति गरेका छन् । बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छविराज र शिल्पाले प्रहरीसामु यस्तो सहमति गरेका हुन् । शिल्पाले आफू घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले दुवैलाई छलफलका लागि बोलाएको थियो ।

    निर्माताले ओझाले शान्ति सुरक्षामा कुनै आँच नआउने प्रतिबद्धता समेत गरे । दुईलाई बिहान १० बजे छलफलका लागि बोलाइएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

    यता छविराज ओझाले आफूले कुनै हिंसा नगरेको बताएका छन् । विवादपछि शिल्पा गत असार ८ गते घर छोडेर हिँडेकी थिइन् । त्यसको केही दिनपछि उनले प्रहरीमा घरेलु हिंसा भएको भन्दै उजुरी दिएकी थिइन् । यी दुईले वि.सं. २०७३ सालमा बिहे गरे पनि आफ्नो विवाहलाई सेक्रेट राखेका थिए ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast