मंगलवार, श्रावन ७, २०७६
    धर्म-संस्कृति

    काठमाडौंमा ‘तीज विशेष’ मेला आयोजना हुने

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २६ असार

    श्रावणको १६ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘तीज विशेष मेला’ आयोजना हुने भएको छ ।  

    महिला सृजनशील केन्द्रले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी तीजको अवसर पारेर सदाझैं यस वर्ष पनि सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो । 

    देशभरका महिला उद्यमीहरु सहभागी हुने सो मेलामा 
    तीज विशेषका सामग्रीहरुको प्रर्दशनी रहने केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् । मेलामा २ सय भन्दा बढि स्टलहरु रहनेछन् । एक लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको सो मेलामा निःशुल्क फोटो सूट, निःशुल्क मेहेन्दी लगाउने, कपाल कटिङलगायतका कार्यशालाहरु पनि आयोजना हुने सो मेलाको व्यवस्थापनको जिम्मेवारी पाएको इभेन्ट व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक पशुपति केसीले जानकारी दिए । 

    केन्द्रले तीजको अवसर पारेर प्रदेश ३ को राजधानी हेटौंडा र प्रदेश १ को इटहरीमा पनि सो मेला आयोजना गर्ने जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast