मंगलवार, श्रावन ७, २०७६
    कृषि-उर्जा

    एशियाली कृषि सम्मेलन साउन २६ मा, १० उत्कृष्ट कृषि व्यवसायीलाई पुरस्कृत गरिने

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २६ असार

    नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई  आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले बताएका छन् ।

    साउन २६ देखि २८ सम्म लालितपुरमा आयोजना हुने उक्त सम्मेलनमा  १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने आयोजक संस्था  फोर एच नेपालका संयोजक लोकराज अवस्थीले जानकारी दिनुभयो ।

    सम्मेलनमा  नेपालका  १० उत्कृष्ट कृषक तथा कृषि व्यवसायीलाई पुरस्कृत गरिनेछ ।  फरक–फरक छ विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै कृषि वस्तुको विश्वबजारीकरणमा एशिया, कृषिमा नयाँ प्रविधिको प्रयोग तथा कृषिको गुणस्तरीय उत्पादन र बजारीकरण  तथा कृषिनीतिमा खुला छलफल हुनेछ ।
      
    सम्मेलनमा कृषि योगा, कृषि थेरापी तथा अरु विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएका छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast