मंगलवार, भाद्र ३१, २०७६
    अावास-निर्माण

    ३ दिनकाे लगातार वर्षाले हुलाकी राजमार्ग अवरुद्ध, सरोकारवाला मैन बसेकाे स्थानियकाे गुनासाे

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    आलोक यादव/ सिरहा, २६ असार। 

    मनसुन सुरू भएसँगै लगातार वर्षाका कारण बहुचर्चित सडक आयोजना हुलाकी राजमार्ग हिलैहिलो भएकाे छ ।लगातार तीन दिनदेखि परेको पानीले सडकमा प्रयोग गरिएको चिप्लो माटो हिलाम्य हुँदा आवत-जावत नै अवरुद्ध भएको छ ।

    हुलाकी राजमार्ग अन्तर्गत सिरहाको भगवानपुर गाउँपालिका, नबराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, औरिही गाउँपालिकाको विभिन्न स्थानमा हिलोले बाटो चिप्लो भएपछि आवतजावत नै अवरुद्ध भएको हो । सिरहा नगरपालिकासँग टाँसिएको बरियारपट्टी गाउँपालिकाको कचनारि, नर्गी ,कजरा लगायतको स्थानमा सवारी चलाउन नसकिने अवस्था हुँदा बन्द गर्नु परेको अटो रिक्सा चालक अनिल सदायले बताए ।

    एक दर्जन भन्दा बढीको संख्यामा सञ्चालनमा रहेको अटो रिक्सा, सफारी, भाडाका जीप चल्न बन्द भएको अर्का चालक रामेश यादवले बताए। भाडाका सवारी साधन सञ्चालनमा नआएपछि निजी मोटरसाइकल, साइकलमा सिरहा आउने र घर फर्किन २० मिनेटको बाटो तय गर्न दुई घण्टा लाग्ने गरेको बताइएको छ ।

    मोटरसाइकल, साइकल ती सडक खण्डमा हिलोमा चिप्लेर दुई  दर्जन भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको प्रत्यक्षदर्शी विवेक यादवले बताए। हिड्न सकिने अवस्था छैन, स्थानीय अनिल यादवले भने, निमार्ण कम्पनीले आधा भाग ग्राभेल र आधा भाग माटोको काम गरेको भए यस्तो अवस्था हुदैन्थ्यो । माटो हालेको ५/६ महिना भयो, त्यसपछि थप काम गरेनन् । 

    हुलाकी राजमार्गको स्तरोन्नती कार्य कछुवाको गतिमा भइरहेकोले भगवानपुर, गमहरिया,फुलबरिया, जगतपुर, कजरा, जिझोल,मझौरा, नरगीलगायत तीन दर्जन गाउँका बासिन्दाले सास्ती भोगनु परेको छ । तराई–मधेश विकासको मेरुदण्डको रुपमा बहुचर्चित हुलाकी सडकको स्तरोन्नती र पुल निर्माण कार्य कछुवा गतिमा चलिरहेको छ ।

    वर्षाको प्रभावलाई मध्यनजर नगरी बाटो नै अवरुद्ध हुने गरी निर्माण कम्पनीले काम गर्दा बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा दस किलो मिटर बाटोको सट्टा ८० किलो मिटर लामो घुमारो बाटो तय गरी गन्तव्यमा पुग्न बाध्य भएको स्थानीवासीहरु बताउँछन । तराई–मधेशको कृषि उत्पादनलाई बजारीकरण, विद्यालयसम्मको सहज पहुँच, स्वास्थ्य सेवा लगायत सबै क्षेत्रको विकासको आधार हुलाकी राजमार्ग भएका कारण स्तरोन्नती र पुल निर्माण कार्य भइरहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast