आईतवार, श्रावन ५, २०७६
    ओएमजी Omg!

    राजनीतिक झड्का लागेपछि सिद्धू पुगे वैष्णो देवीको दरबार, हप्तौंदेखि तपस्यामा लीन

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    चण्डीगढ, २६ असार ।

    पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहसँगको सम्बन्धमा दरार उत्पन्न भएसँगै पञ्जावका क्याबिनेटमन्त्री तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्दू अहिले आफ्नै राज्यबाट गायब छन् ।

    यसैबीच, आफ्नो बिभाग समेत फेरिएपछि सिद्धू अहिले वैष्णेदेवी माताको शरणमा पूगेका छन्, जहाँ उनी अहिले ८ दिनदेखि तपस्यामा लीन छन् । यसक्रममा उनी न कसैसँग भेट गर्न मान्छन् त न आफ्नो तस्वीर नै अर्कालाई लिन दिन्छन् । 

    वैष्णोदेवीको दरबार पुग्ने कतिपयले उनलाई सेल्फी खिच्नका लागि आग्रह गर्दा समेत इन्कार गरेका थिए ।

    सिद्धू ३ जुलाईमा वैष्णो देवी भवन पुगेका थिए । जहाँ उनी अहिले दिभर नै भक्तिमा लीन हुन्छन् । सिद्धू विहान सवेरै उठ्ने गर्छन् र श्रृंगार आरतीमा भाग लिन्छन् ।

    आरती सकिएपछि उनी कसैसँग कुरा समेत गर्दैनन् र तुरुन्तै आफ्नो कोठामा पुग्ने गर्छन् ।  त्यस्तै, उनी बेलुका हुने माता वैष्णो देवीको श्रृंगार आरतीमा भाग लिन्छन् ।

    - भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast