आईतवार, श्रावन ५, २०७६
    खेल संसार

    भारत विश्वकपबाट बाहिरिँदा कश्मीरमा खुशियाली

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    कश्मीर, २६ असार ।

    म्यानचेस्टरमा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेपछि कश्मीरले खुशीयाली मनाएकाे छ । जारी विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत पराजित भएसँगै कश्मीरमा खुशियाली छाएकाे हाे ।

    भारत पराजयसँगै कश्मीरमा खुशियाली मनाएको भिडियो बाहिरिएको छ । भारत र पाकिस्तानले आफ्नो भुमि दाबी गर्दै सधैं अशान्त रहने गरेको कश्मीरमा दुबै देश प्रति उत्तिकै घृणा रहेको बताईन्छ ।

    तेहरीक ए हुरियतका अध्यक्ष सैयद अली गीलानीको ट्वीटर एकाउन्टबाट उक्त भिडियो सार्वजनिक गरिएको छ । त्यसमा युवाहरु खुशीले पटाका पडकाउँदै रमाइलो गरिरहेको देखिन्छ । भिडियोको क्याप्सलमा गीलानीले लेखेका छन्, ‘ भारतले शासन गरेको कश्मीर न्यूजिल्याण्डको विजयको खुशियाली मनाइँदै । ’

    भारतको पराजयले क्षुब्ध भएका भारतीयहरुले यो भिडियोलाई नक्कली भनेका छन् भने केहिले कश्मीर त्यसो भए पाकिस्तानसँग गाभिन चाहन्छ त रु भने प्रश्न गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast