आईतवार, श्रावन ५, २०७६
    खेल संसार

    धोनीलाई हारको 'भिलेन' बनाइँदै, एम. एस. बिना यसकारण अधुरो लाग्नेछ टीम भारत

    बुधबार, २५ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २६ असार

    इंग्ल्यान्डमा जारी क्रिकेट विश्वकपमा सेमीफाइनलमा भएको खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ ।

    विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई १८ रनले पराजित  गरेपछि भारतको विश्वकप  यात्रामा पूर्णविराम लागेको छ । तर, यतिबेला सामाजिक सञ्जालमा भारत हार्नुको मुख्य कारण पूर्वकप्तान महेन्द्रसिंह धोनी भएको भन्दै उनको आलोचना गरिएको छ ।

    धोनीले ७२ बलमा मात्र ५० रन बनाएका थिए । धोनीले लक्ष्य पछ्याउँदै ब्याटिङ त गरे तर जिताउन सकेनन् । हारको सिकार फेरि भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनी भएका छन् । धोनीको भूमिकाको विषयलाई लिएर भारतका मिडियामा आलोचना हुन थालेको छ ।

     

    के धोनी सुस्त भएकै हुन् ?

    यसअघि पनि भारत र इंग्ल्यान्डबीचको खेलमा पाँच ओभरमा पूर्वकप्तान हुसेन पनि धोनीको खेल देखेर आजित बने । उनले भनेका छन्, ‘धोनी के गरिरहेका छन ? कम से कम उनले कोशिस त गर्नु पर्छ ।’

    धोनीको आलोचना अफगानिस्तानको खेलमा पनि भएको थियो । अफगानिस्तानविरुद्ध उनले ५२ बलमा २८ रन बनाएका थिए । उनको खेलप्रति भारतीय पूर्वखेलाडी सचिन तेन्दुलकरले पनि असन्तुष्टि जनाएका थिए । त्यसो त अफगानिस्तानविरुद्धको खेलमा धोनी बाहेक अन्य खेलाडीले पनि राम्रो गर्न सकेका थिएनन् ।

    इंग्ल्यान्डविरुद्धको खेलमा भने धोनीले अविजित ३१ बलमा ४२ रन बनाए । जित सम्भव हुँदा हुँदै पनि धोनीले राम्रो नखेलेको उनीमाथि आरोप छ ।

     

    धोनीबिना अधुरो लाग्नेछ विराट कोहलीको टिम

    यो महेन्द्रसिंह धोनीको अन्तिम विश्वकप भएको बताइएको छ ।  सबै भारतीय खेलाडी धोनीलाई सेमिफाइनल र फाइनल जिताएर जितको सम्मान दिन चाहन्थे तर यो सब चकनाचुर भएको छ ।

    यसअघि धोनीले आफ्नै कप्तानीमा सन् २००७ को टी २० विश्वकप र सन् २०११ को आईसीसी विश्वकपको उपाधि जिताएर भारतलाई असीम खुशी दिइसकेका थिए ।

     

    विराट कोहली र धोनी

    यो विश्वकपमा धोनीको स्ट्राइक रेट ९३ को छ, जसलाई सुस्त मान्न सकिँदैन । अर्थात् प्रत्येक सय बलमा ९३ रन बनाइरहेका छन् ।

    सबैभन्दा ठूलो कुरा त विराट कोहलीलाई थाहा छ कि भारतीय टिममा धोनीको उपस्थितिले मात्रै पनि कति महत्व राख्छ । खेलको दौरान बलरलाई सल्लाह दिन, फिल्डिङ बदल्न र डीआरएस लिन पनि धोनीले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

     

    धोनीको चकित पार्ने फैसलाहरु

    धोनीको विकेट किपिङ गर्ने क्षमता वास्तवमै असाधारण र कलात्मक छ । धोनी भारतीय विकेटकिपर मात्र नभई सफल ब्याट्सम्यान र कप्तान पनि हुन् ।

    धोनी सधैँ चकित पार्ने निर्णयहरु लिने गर्दछन् । धोनीले बिना कुनै ढिलाइ र नसोचिकन टेस्ट क्रिकेटको कप्तानी विराट कोहलीको हातमा थमाइदिएका थिए ।

    त्यसपछि धोनीले एकदिवसीय क्रिकेट र टी २० बाट कप्तानी छोड्दै टेस्ट क्रिकेटबाट सन्यास लिए ।

    एक कप्तानका रुपमा धोनीले आईपीएलमा चेन्नई सुपरकिंग्सलाई तीन पटक विजेता बनाइसकेका छन् । उनकै कप्तानीमा भारतले पहिलो पटक आईसीसी च्याम्पियन्स ट्रफी जित्दै प्रथम पटक आईसीसी टेस्ट वरियतामा भारत पहिलो नम्बर एक भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast