मंगलवार, श्रावन ७, २०७६
    बिदेश

    ट्रम्पलाई 'असक्षम' भन्ने बेलायती राजदूत किम ड्यारोचले दिए राजीनामा

    बुधबार, २५ आषाढ २०७६, आहाखबर

    लण्डन, २५ असार

    इमेल काण्डका कारण विवादमा आएका अमेरिकाका लागि बेलायतका राजदूत सर किम डरोकले बुधबार राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपतिलाई आलोचना गर्दै उनले आफ्नो विदेश मन्त्रालयलाई पठाएको इमेल गएको आइतबार सार्वजनिक भएपछि उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मूर्ख भनेका थिए । सो इमेल बेलायतकै पत्रिका डेली मेलले सार्वजनिक गरेको थियो । 

    बेलायती राजदूतको इमेलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई अयोग्य, असुरक्षित र असक्षम भएको जनाइएको थियो ।  बेलायतको विदेश मन्त्रालयले शुरुमो सो मेमो चुहिएको प्रसंगलाई गलत कार्य भन्ने प्रतिक्रिया दिएको थियो । बेलायतकी प्रधानमन्त्री टेरेजा मे ले राजीनामा दिने राजदूतको निर्णयप्रति खेद जनाएकी छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast