बिहिवार, मंसिर ५, २०७६
    कला-सौन्दर्य

    छवि ओझाविरुद्ध नायिका शिल्पा पोखरेलको उजुरी

    बुधबार, २५ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २५ असार 

    अभिनेत्री शिल्पा पोखरेलले छविराज ओझाविरुद्ध उजुरी दिएकी छन् । उनले घरेलु हिंसा भएको भन्दै शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

    शिल्पाले बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    ‘शान्ति सुरक्षाको माग गर्दै अभिनेत्री शिल्पाले उजुरी दिएकी छन् । आज बुधबार छलफलका लागि उनीहरू दुवैलाई बोलाएका छौं,’ डीएसपी बोगटीले भने ।

    अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ साल दसैंमा विवाह बन्धनमा बाँधिएका थिए ।

    उनीहरु दुवैले विवाह गरेकाे तत्कालै स्वीकार नगरे पनि गत वर्ष मात्र उनीहरुले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए ।

    छविले शिल्पालाई ‘लज्जा’ चलचित्रबाट डेब्यु गराएका थिए । शिल्पाले त्यसपछि छविको ब्यानरमा निर्माण भएका ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’ मा अभिनय गरेकी थिइन् ।

    शिल्पा चल्तीकी नायिका भए पनि चलचित्रमा भन्दा  म्युजिक भिडियोमा बढी सक्रिय छिन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast