मंगलवार, श्रावन ७, २०७६
    बिदेश

    अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको निधन

    बुधबार, २५ आषाढ २०७६, आहाखबर

    ब्यूनस आयर्स, २५ असार 

    अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ ।

    स्वास्थ्य अवस्था नाजुक भएपछि उहाँलाई ब्यूनस आयर्सस्थित अस्पतालमा भर्ना गरिएको थियो । अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीले वरिष्ट राजनीतिक फर्नान्डोको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

    पूर्व राष्ट्रपति फर्नान्डोको तीन वर्षअघि सन् २०१६ मा शल्यक्रिया गरिएको थियो । गत वर्ष पनि मुटुमा समस्या भएपछि उहाँको एन्जियोप्लास्टी गरिएको थियो ।

    पूर्व राष्ट्रपति फर्नान्डो सन् १९९९–२००१ सम्म अर्जेन्टिनाको राष्ट्रपति हुनुभएको थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast