शुक्रबार, मंसिर ६, २०७६
    कला-सौन्दर्य

    यी हुन् इन्गेजमेन्ट भएर विवाह नभएका बलिउड सेलिब्रेटी

    बुधबार, २५ आषाढ २०७६, आहाखबर

    मुम्बई। चलचित्र जगतमा सेलिब्रेटीहरूका लागि इन्गेजमेन्ट, विवाह र डिभोर्स सामान्य विषय हुन् । हलिउड, बलिउड र कलिउडमा पनि अभिनेता अभिनेत्रीको सम्बन्धमा समस्याहरु आउने गरेका छन् ।

    बलिउडमा प्रेम सम्बन्धलाई विवाहसम्म लैजान केही सेलिब्रेटी असफल भएका केही उदाहरणहरु छन् । जसले विवाहका लागि इन्जेमेन्ट त गरे तर विवाह हुन सकेनन् । यस्ता केही सेलिब्रेटीका बारेमा हामी यहाँ चर्चा गर्दै छौं ।

    सलमान खान र संगीता बिजलानी

    सलमान खान अझै अविवाहित छन् । उनीसँग धेरै हिरोइन र युवतीहरुको नाम जोडिने गरेको छ तर पनि उनले विवाह गरेका छैनन् । सलमानले सन् १९९४ मै विवाहका लागि कार्डसमेत छापेका थिए तर विवाह रोकिएको थियो । सन् १९९४ मा सलमान संगीता बिजलानीसँगको सम्बन्धका कारण चर्चामा थिए । साथै, यी दुईको विवाहको कार्डसमेत छापिइसकेको भारतीय अनलाइनहरुले जनाएका छन् । सबै कुरा मिलिसकेको थियो तर अन्तिम अवस्थामा उनीहरुको विवाह तोडियो । सोमी अलीसँगको सम्बन्धका कारण संगीताले सलमानसँगको सम्बन्ध तोडिन् ।

    अक्षय कुमार र रविना टन्डन

    ९० को दशकमा रविना र अक्षय बलिउडको ‘टक अफ द टाउन’ थिए । एक अन्तर्वार्तामा रविनाले एक मन्दिरमा आफूले अक्षय कुमारसँग गोप्य रुपमा इन्गेजमेन्ट गरेको खुलासा गरेकी थिइन् । तर अक्षयले रविनालाई धोका दिएपछि उनीहरुको सम्बन्ध विवाहमा परिणत हुन पाएन । पछि यी दुईले आफ्नो सम्बन्ध तोड्दै अलग बाटो रोजे ।

    अभिषेक बच्चन र करिष्मा कपुर

    अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले ऐश्वर्या रायसँग विवाह गरेका थिए । तर त्यसअघि अघि अभिषेकको विवाह करिष्मासँग हुन लागेको थियो । अभिषेक र करिष्माको जोडी बलिउडमा सबैभन्दा बढी रुचाइएको जोडी थियो । अमिताभ बच्चनको ६० औं जन्मदिवसमा यी दुईको इन्गेजमेन्ट भएको थियो । पछि जया बच्चनले अभिषेकले इन्गेजमेन्ट तोडेको जानकारी दिइन् ।

    विवेक ओबराय र गुरप्रित गिल

    सन् २००० मा विवेकले फिल्मी क्षेत्रमा प्रवेश अघि गुरप्रित गिलसँग इन्गेजमेन्ट गरे । त्यसको केही समयपछि यी दुई छुट्टिए । पछि विवेकले ऐश्वर्या राय बच्चनसँग डेट गरे । उनले सन् २०१५ मा प्रियंका अल्भासँग विवाह गरे ।

    करिष्मा तन्ना र उपेन पटेल

    यी दुई बिग बोस कार्यक्रममा नजिकिए । पछि उपेनले करिष्मालाई नच बलिएको सेटमा प्रपोज गरे । यी दुईले एक रियालिटी शोमा इन्गेजमेन्ट गरे र नीजि कारण देखाउँदै दुईले सम्बन्धविच्छेद भएको जानकारी दिए ।

    साजिद खान र गौहर खान

    सन् २००३ मा फिल्म निर्माता साजिद दान र मोडल–नायिका गौहर खानले इन्गेजमेन्ट गरे तर उनीहरुको यसलाई कहिले सार्वजनिक गरेनन् । यी दुईले केही नीजि कारण देखाउँदै इन्गेजमेन्ट तोडेको बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast