बुधबार, असोज १, २०७६
    मुभी-थिएटर

    शिल्पाले दिइन छविराज ओझा विरूद्ध घरेलु हिंसाको उजुरी, मागिन डिभोर्स !

    बुधबार, २५ आषाढ २०७६, आहाखबर

    असार २५, काठमाडौँ । 

    निर्माता छविराज ओझा विरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन्। शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन्।

    उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ। अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग करिब २०७३ सालको दशैंमा सुटुक्क विवाह गरेका थिए।

    विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै गरेको भनेर सार्वजनिक गरेका थिएनन्। गत वर्षमात्र उनीहरूले आफूहरूले बिबाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए। विगत केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ।

    उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ। तर श्रोतका अनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast