आईतवार, श्रावन ५, २०७६
    सावधान

    सांसदका सुरक्षा गार्ड थिए भिडन्तमा मारिने राई

    बुधबार, २५ आषाढ २०७६, आहाखबर

    असार २५, काठमाडौं । 

    भोजपुरमा प्रहरी र बिप्लवको भिडन्तमा मारिएका सञ्जिब राई नेकपा नेता एवं संघीय सांसद सुदन किराँतीका सुरक्षा गार्ड रहेको पाइएको छ ।

    भोजपुरबाट निर्वाचित संघिय सांसद तथा नेकपा केन्द्रीय सदस्य सुदन किरातीसँग लामो समय बसेका सञ्जिव मिलनसार र काम प्रति निष्ठावान थिए । लामोसमय सञ्जिव किरातीको  सुरक्षामा खटिने गरेको भनाई छ । ।

    उनका अनुसार भिडन्तमा मारिने प्रशान्त उपनाम भएका निरकुमार भोजपुर बोयाकै स्थायी बासिन्दा हुन् । प्रहरीका अनुसार ओखलढुंगा इन्चार्ज नीरकुमार बेलाबखत भोजपुर आउने जाने गरिरहन्थे । उनले त्यस क्षेत्रमा चन्दा आतंक मच्चाएपछि प्रहरीले उनको खोजी गरिररहेको थियो। 

    बुधबार बिहान ८ बजेर ४५ मिनेटमा विप्लव कार्यकर्तासँग गोली हानाहान हुँदा उनको मृत्यु भएको हो। भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको हो । मारिने नीरकुमार राई  विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज हुन्

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast