आईतवार, श्रावन ५, २०७६
    खेल संसार

    विश्वकपमा जो चम्किए

    बुधबार, २५ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २५ असार । 
    साविक विजेता अस्ट्रेलियाले यस पटक पनि विश्वकपको सेमिफाइनलमा स्थान बनाइसकेको छ । लिग चरणमा दोस्रो भएको अस्ट्रेलियाले सेमिफाइनलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्‍याउन मिचेल स्टार्कको कसिलो बलिङ खुबै काम लाग्यो । स्टार्क जारी विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । हरेक खेलमा टोलीका लागि महत्वपूर्ण विकेट लिएका स्टार्कले यो विश्वकपमा २६ विकेट लिएका छन् ।

    उनले लिग चरणका नौ खेलमा २६ विकेट लिएका हुन् । स्टार्कले न्युजिल्यान्ड र वेस्टइन्डिजसँगको खेलमा पाँच/पाँच, इङ्ल्यान्ड र श्रीलंकासँगको खेलमा चार÷चार, दक्षिण अफ्रिका, बंगलादेश र पाकिस्तानबिरुद्धको खेलमा दुई/दुई तथा अफगानिस्तान र भारतसँगको खेलमा एक/एक विकेट लिएका थिए । २९ वर्षीय बायाँहाते फस्ट बलर स्टार्कको बलिङले यस पटक चर्चित ब्याट्सम्यानलाई निराश बनायो । स्टार्कले अस्ट्रेलियाका लागि खेलेको ८४ एकदिवसीय खेलमा एक सय ७१ विकेट लिएका छन् । एकदिवसीयको एकै खेलमा उनले २८ रन खर्चिएर ६ विकेट लिएका समाचार अन्नपूर्ण पोस्टमा छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast