आईतवार, श्रावन ५, २०७६
    राज्य-समाज

    बेटी पढाऊ, बेटी बचाऊ अभियान : मुख्यमन्त्रीद्वारा साइकल हस्तान्तरण

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

    धनुषा, २४ असार । 

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मंगलबार धनुषाका दुई  विद्यालयलाई साइकल हस्तान्तरण गर्नुभएको छ । उहाँले फुलगामास्थित गिरिजा मावि र कनकपट्टिस्थित सरस्वती माविका प्रधानाध्यापकलाई साइकल हस्तान्तरण गर्नुभएको हो । 

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा मुख्यमन्त्री राउतले गिरिजा माविका प्रधानाध्यापक शीतल यादवलाई १३४ तथा  सरस्वती माविका प्रधानाध्यापक अरविन्द यादवलाई ४३ थान साइकल हस्तान्तरण गर्नुभएको हो । कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिने बताइएको छ । 

    साइकल हस्तान्तरण कार्यक्रममा समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदीय दलका उपनेता रामआशिष यादव, प्रमुख सचिव दीपक सुवेदी, कानून सचिव कोमल खत्रीलगायतको उपस्थिति रहेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast