सोमबार, भाद्र २, २०७६
    कला-सौन्दर्य

    रेखा थापा पुन:विवाह गर्ने, सार्वजनिक गरिन आफ्नो बिहेको समय

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २४ असार

    रेखा थापा कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । कुनै समयमा उनको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे । हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् । 

    केहीबर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् । पछिल्लो समयमा रेखा चलचित्रमा भन्दापनि राजनीति क्षेत्रमा बढी संलग्न छिन् ।

    यस्तै छवि ओझसँग केहीबर्ष अघि उनको डिभोर्स भएको थियो । अहिले रेखालाई विवाह केहिले गर्ने र बच्चा कहिले जन्माउने भन्ने खालका प्रश्नहरु सोधिने गरिन्छ । उमेरले ३५ नाघिसकेकी रेखाले आफ्नो विवाहको बारेमा कडा जवाफ दिएकी छिन् । 

    उनले फ्यानलाई डन्ट वरी म विवाह गर्छु भनेकी छिन् । यो कुरा सुन्दा उनका फ्यानमा उनको विवाह कहिले हुन्छ भनेर उत्सुकता जाग्नु स्वभाविकै हो । रेखाले आफू ४० कटेसी विवाह गर्ने बताएकी छिन् । उनी अबको ४ बर्षजति मज्जाले राजनीति र चलचित्र क्षेत्रमा रमाइलो गर्ने र त्यसपछि मात्र विवाह गर्ने सोचमा रहेकी छिन् ।

    रेखाले आफ्नो कोहीसँग पनि प्रेम भने नभएको बताएकी छन् । उनलाई प्रेमप्रति कत्तिपनि विश्वास नै छैन । रेखाले प्रेमलाई फेक भनेकी छिन् । 

    तर उनले आफ्नो श्रीमान् भने राजनीति क्षेत्रलाई बुझेको हुने बताएकी छिन् । रेखाले यसो भनिरहँदा उनको फ्यानलाई उनको विवाह हेर्न कौतुहलता बढिरहेको छ । आशा छ नायिका रेखाले आफ्नो वचन पुरा गर्दै फेरि एकपटक विवाह गर्नेछिन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast