सोमबार, कार्तिक ४, २०७६
    ओएमजी Omg!

    श्रीमती बोकेर दौडिने प्रतियोगिता, जित्नेले पाउँछ यस्तो अनौठो पुरस्कार

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

    काठमाडाैं, २४ असार ।

    विश्वमा अनाैठा-अनाैठा प्रतियाेगिता हुँदै आएकाे कहिले काँहि सुनिने गरिन्छ । जसमध्ये फिनल्याण्डकाे आफ्नै पत्नीलाई काँधमा बोकेर दौडिनुपर्ने प्रतियोगिता हाे।

    फिनल्याण्डमा आफ्नै पत्नीलाई काँधमा बोकेर दौडिनुपर्ने प्रतियोगिता हुँदै आएकाे छ। अझ यस्तो प्रतियोगितामा पहिलो हुनेले आफ्नै पत्नीको जिउको वजन बराबरको वियर पुरस्कारको रुपमा पाउँने गरेकाे छ ।

    फिनल्याण्डको सोन्काज्भीमा सन् १९९२ हरेक वर्ष यो प्रतियोगिताको आयोजना गरिँदै आएको छ । गत शनिबार सम्पन्न यो वर्षको प्रतियोगितामा भाग लिनका लागि केवल फिनल्याण्डका मात्र होइन, फ्रान्स, जर्मनी तथा अस्ट्रेलियालगायतका कैयन् देशका जोडीहरु सहभागी भएका थिए ।

    दौडको नियम अनुसार सहभागीको उमेर १७ वर्ष पुगेको हुनुपर्दछ । त्यस्तै पत्नीको उमेर पनि ४९ किलोभन्दा धेरै हुनु पर्छ । यदि ४९ किलोभन्दा कम भएमा ४९ किलो पर्‍याउनका लागि त्यत्ति तौलका सामान भएको झोला बोक्नु पर्नेछ ।

    प्रतियोगितामा विवाहित पति पत्नी मात्र नभएर प्रेमी प्रेमिकाहरुले पनि सहभागिता जनाउन सक्दछन् । यति मात्र होइन आफ्नी पत्नी नहुनेले छिमेकीको पत्नीलाई समेत बोकेर दौडिन सक्दछन् । यसलाई श्रीमती चोर्ने चलन पनि भनिन्छ ।

    प्रतियोगितामा सहभागी पुरुषहरुले आफ्नी पार्टनर महिलालाई अनेक प्रकारले काँधमा बोकेर दौडिन्छन् । तर धेरैजसोको सजिलोका लागि पार्टनरको टाउको तल तथा खुट्टा माथि हुनेगरी काँधमा बोक्दछन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast