मंगलवार, श्रावन ७, २०७६
    लाइफस्टाइल

    चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव पर्छ ?

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २४ असार 

    प्रेम संसारको सबैभन्दा सुन्दर कुरा जसको परिकल्पनाले मात्र पनि आनन्दको अनुभुति गराउँछ । 

    प्रेम बिनाको जीवनमा मानिस बाँच्न त बाँच्छ तर उसको जीवनको कुनै अर्थ रहँदैन । त्यसैले प्रेम जीवन जिउनका लागि अति महत्वपुर्ण छ । जब कोहि प्रेमको गहिराईमा डुब्न थाल्छ, त्यो गहिराईमा दुई प्रेमिहरु आफुमा हराउन थाल्छन् ।

    प्रेमको चरम सिमामा पुगेपछि प्रेमिहरु आफुलाई एक-अर्कामा सुम्पिन्छन् । उनीहरु चुम्बनमा लिप्त हुन थाल्छन् । 

    चुम्बनले तपाईंको प्रेम जीवनलाई आनन्दित बनाउने मात्र नभइ यसले तपाईंको स्वास्थलाई पनि फाइदा पुर्‍याउँछ । प्रेममा आनन्द प्राप्तिको लागि गरिने चुम्बनले तपाईंको स्वास्थलाई पनि फाईदा पुग्छ भन्ने कुराले तपाईंलाई चुम्बनप्रति अझ सकारात्मक प्रभाव पर्न सक्छ ।

     

    यस्ता छन् चुम्बनका फाइदाहरु

    - चुम्बनले टाउको दुखाइ कम गर्छ भन्ने मान्यता छ ।
    - चुम्बन गर्नाले ब्लड प्रेसर कम गर्न सहयोग गर्छ ।
    - चुम्बनले दाँतमा हुने क्याबिटीबाट बचाउँछ । चुम्बन गर्दा मुख धेरै चल्ने हुँदा क्याविटी युक्त ब्याक्टेरियाहरु सफा हुन्छन् ।
    - चुम्बनले महिलालाई पीरियड्सको समयमा हुने दुखाईमा पनि राहत प्राप्त हुुन्छ ।
    - चुम्बनले अनुहारको मासंपेशीलाई टोन गरेर अनुहार चाउरी पर्नबाट बचाउँछ
    - चुम्बनले सेराटोनिन, अक्सीटसिन, डोपामाइन जस्ता ह्याप्पी हार्मोनहरुलाई बढाउने भएकोले तपाईंले रिफ्रेश 
    र आनन्द अनुभव गर्नुहुन्छ ।


    चुम्बनसँग सम्बन्धित रोचक तथ्यहरु

    - वैज्ञानिकहरुका अनुसार हामी आमाको कोखमा हुँदा नै चुम्बन गर्न सिकिसकेका हुन्छौ ।

    - केहि व्यक्ति चुम्बन गर्न डराउँछन्, जसलाई फिलेमाफोयिबा भनिन्छ । जसलाई यो फोबिया हुन्छ, त्यो व्यक्ति सेक्स गर्न पनि डराउँछ । त्यस्तो फोबिया कुनै पनि उमेरका व्यक्तिमा हुन सक्छ ।
    - प्रशान्त महासागरका मौंगिया दीपका मानिसहरु कहिल्यै चुम्बन गर्दैनन् ।
    - सुडानका मानिसहरु आत्मा हराउने डरका कारण चुम्बन गर्दैनन् ।
    - चुम्बन गर्दा तपाईंको १४६ मांशपेशीले काम गर्छ ।
    - चुम्बन गर्दा हाम्रो शरीरमा अफीम भन्दा २०० गुना धेरै प्रभाव पार्ने तत्व प्रसार हुन्छ ।
    - बि्रटिश अध्ययनका अनुसार साँचो प्रेम पाउनका लागि महिलाले आफ्नो प्रेमिलाई १५ पटक चुम्बन गर्छिन् भने पुरुषले १६ पटक चुम्बन गर्छन् ।


    चुम्बन एउटा सस्ंकृति

    रोयल ह्यान्ड किस धेरै देशहरुमा औपचारिकता निभाउनका लागि गरिन्छ । पहिलो पटक भेट्दा होस् अथवा छुटिदा, यस प्रकारको चुम्बन गर्ने चलन रहि आएको छ । यस्तो किसिमको चुम्बनलाई शिष्टाचारको रुपमा लिने गरिन्छ ।

    जसले तपाईको विनम्रता दर्शाउँछ । युरोप, अमेरिकासँगै खाडी देशहरुमा पनि यस्तो चलन अति नै लोकपि्रय रहिआएको छ । यदि कुनै व्यक्ति तपाईसंग रिसाएको छ भने उसले तपाईंलाई आफ्नो हात चुम्न दिँदैन ।

    ब्राइड किस 

    यस प्रकारको चुम्बनको प्रयोग विदेशमा विवाहको समारोहमा गरिन्छ । प्रायः हामी हलीउडका फिल्महरुमा यस प्रकारको चुम्बनको दृष्य देख्छौं । .जीवनभरी माया प्रेम गर्ने वाचासहित यो चुम्बन गरिन्छ ।

    एयर किस 

    यस्तो प्रकारको चुम्बन यूरोपमा धेरै नै लोकपि्रय रहेको छ । यस्तो चुम्बनले आफ्नोपनको अनुभव गराउँछ । आफ्न्त, साथीभाईलाई हाइ अथवा बाइ गर्दा गालामा आफ्नो गाला जोडेर गरिने चुम्बन नै एयर किस हो । यस्तो चुम्बनको अर्थ तपाईलाई देखेर खुशी लाग्यो भन्ने हुन्छ ।

    एञ्जल किस

    यस प्रकारको चुम्बनको प्रयोग जब कुनै ब्यक्तिलाई निद्राबाट उठाउनका परेमा, रुँदै गरेको व्यक्तिलाई फकाउन परेमा र कसैलाई विदाई गर्दा गरिने यो मयालु चुम्बनलाई एञ्जल किस भनिन्छ । यो चुम्बनको बिशेषता भनेका अगाडिको व्यक्तिलाई आँखामा बिस्तारै चुम्बन गर्नु हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast