मंगलवार, श्रावन ७, २०७६
    लाइफस्टाइल

    किन आउँछ आँखामा आँसु ? यस्ताे छ कारण

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

     

    काठमाडाैं । आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ । र, आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ । ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट आपूर्ति हुन्छ । आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ । यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ । त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्छ । 

    आँसु आँखाको कोर्नियाको सुरक्षाको लागि शरीरको विलक्षण सुरक्षा प्रणली हो । यसले दुई प्रकारले आँखाको रक्षा गर्छ ।

    पहिलो त, आँखामा रहेको दुइवटा Lachrymal ग्रन्थीबाट निस्कने आँसुले आँखाको कोर्नियालाई सफा राख्न र यसमा परेका बाहिरी बस्तुहरुलाई बगाएर बाहिर निकाल्न मद्दत गर्छ ।

    दोस्रो, आँसुमा रहेको Lysozyme नामक विशेष इनजाइमले व्यक्टोरियाहरुलाई मारिदिने काम गर्छ र आखाँमा हुन वा रोग लाग्नबाट बचाउँछ । त्यही इनजाइमको कारण आँसुको स्वाद नूनिलो हुन्छ ।

    आँसु आँखाको दानलाई ढाक्ने पातलो झिल्ली जसलाई Conjunctiva भनिन्छ त्यसमाथि बग्छ र आँखाको भित्री कुनामा रहेको नलीमा जम्मा भएर बाहिर निस्कन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast