आईतवार, श्रावन ५, २०७६
    खेल संसार

    नेपाल यु-१९ एसिया कपमा छनौट, फाइनलमा हङकङ ५ विकेटले पराजित

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २४ असार

    आफ्नो प्रतिश्पर्धी हंगकंगलाई ५ विकेटले पराजित गर्दै नेपाल अन्डर-१९ एसिया कप खेलका लागि सहजै छनौट भएको छ। फाइनल खेलमा पाएको जीतसँगै नेपाल आगामी अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने एशियाकपका लागि चयन भएको हो । 

    अन्डर-१९ इस्टर्न रिजन प्रतियोगिता अन्र्तगतको फाइनलमा हंगकंगले नेपाललाई जीतका लागि सामान्य लक्ष्य दिएको थियो  ।

    खेलमा पहिला ब्याटिंग गरेको हंगकंग ४३.१ ओभरमै अलआउट हुँदै ९५ रनमै समेटिएको हो । 

    २८ अगस्ट देखि ८ सेप्टेम्बरसम्म आयोजना हुने प्रतियोगितामा कुल ८ राष्ट्र सहभागी हुने छन्। एसियाली टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, बंगलादेश, सहित युएई, कुवेत प्रतियोगितामा सहभागी हुनेछन्। 

    बाँया हाते स्पिनर सागर ढकालले उत्कृस्ट बलिंग गरेपछि  प्रतियोगिताको फाइनलमा हंगकंगको ब्याटिंग लाइन धराशायी बनेको थियो ।

    किनरारा ओभल मैदानमा टस जितेर नेपालले फिल्डिंग रोजेको थियो । 

    खेलमा टस हारेर ब्याटिंग गरेको हंगकंगले पहिले ब्याटिंग गर्दै मात्र ९६ रनको लक्ष्य दिएको थियो। ९७ रनको लक्ष्य नेपालले सहजै पुरा गर्यो।

    खृलमा आफ्नो लक्ष्य पछ्याउने क्रममा नेपलाका लागि ओपनर पवन सर्राफ र रित गौतमले ५२ रनको साझेदारी गरेका थिए। 

    पवनले व्यक्तिगत ३९ रनको योगदान दिएका थिए । 

    प्रतियोगितामा नेपालले समुह चरण अन्र्तगत चीनलाई १० विकेटले तथा सिंगापुरलाई २ सय १७ रनले पराजित गर्दै सेमीफाइनल पुगेको थियो। त्यस्तै, सेमीफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

    २८ अगस्ट देखि ८ सेप्टेम्बरसम्म आयोजना हुने प्रतियोगितामा कुल ८ राष्ट्र सहभागी हुने छन्। एसियाली टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, बंगलादेश, सहित युएई, कुवेत प्रतियोगितामा सहभागी हुनेछन्। यस्तै नेपाल सन् २०२० नोभेम्बरमा युएईमा आयोजना हुने यु-१९ एसिया कप खेल्न पनि छनौट भएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast