बिहिवार, कार्तिक ७, २०७६
    मुभी-थिएटर

    ‘म यस्तो गीत गाउँछु-२’ मा पनि पूजा र पलकै जोडी

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

    असार २४, काठमाडौं । 

    म यस्तो गीत गाउँछु २’मा पूजा र पल भूमिकामा रहने भएका छन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा पूजा शर्मा र पल शाह पक्का भएका हुन ।

    २ वर्ष अगाडि नै चलचित्रको निर्माण घोषणा गरिएको यो चलचित्र त्यति  त्यही समय नै चलचित्रका लागि पूजा र पल मूख्य भूमिकामा रहने भनिएको थियो । ‘म यस्तो गाउँछु २’ अगावै ‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले निर्देशन गरिसकेका छन् । मंगलबार गोरखा मनकामना मन्दिरमा पुगेर चलचित्रको शुभ मूहुर्त गरिएको छ । 

    शुभ मूहुर्त कार्यक्रममा पल र पूजा हेलिकोप्टर चडेर मनकामना पुगेका थिए । मनकामना मन्दिररमा पूजा गर्दै चलचित्रको मूहुर्त गरिएको हो । सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’मा पनि पूजा र पलको जोडी बाधिँएको थियो । 

    ‘सुदर्शन थापा प्रोडक्सन’को व्यानरमा निर्माण हुने यस चलचित्रमा सुदर्शन र पूजाको संयुक्त लगानी रहने छ । भदौबाट छायांकनमा जाने भनिएको यस चलचित्रले फागुन २३ गतेलाई रिलिज मिति पक्का गरेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast