मंगलवार, कार्तिक ५, २०७६
    खेल संसार

    यू-१९ क्रिकेट फाइनल : जीतका लागि नेपालसामु ९६ रनको लक्ष्य, हंगकंग ४३.१ ओभरमै अलआउट

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २४ असार । 

    अन्डर-१९ इस्टर्न रिजन प्रतियोगिता अन्र्तगतको फाइनलमा हंगकंगले नेपाललाई जीतका लागि सामान्य लक्ष्य दिएको छ । खेलमा पहिला ब्याटिंग गरेको हंगकंग ४३.१ ओभरमै अलआउट हुँदै ९५ रनमै समेटिएको हो । 

    बाँया हाते स्पिनर सागर ढकालले उत्कृस्ट बलिंग गरेपछि  प्रतियोगिताको फाइनलमा हंगकंगको ब्याटिंग लाइन धराशायी बनेको थियो ।

    किनरारा ओभल मैदानमा टस जितेर नेपालले फिल्डिंग रोजेको थियो । 
    फाइनल खेल जिते नेपाल आगामी अगस्ट महिनामा श्रीलंकामा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast