मंगलवार, भाद्र ३१, २०७६
    ओएमजी Omg!

    अविवाहित अभिनेत्रीकी ३ वर्षीया छोरी !

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २४ असार । 
    अविवाहित बलिउड अभिनेत्री माही गिलले आफ्नी तीन वर्षकी छोरी रहेको खुलासा गरेकी छन्। ४३ वर्षीया उनले आफू लामो समयदेखि प्रेमसम्बन्धमा रहेकोसमेत जनाएकी छन्। ‘मेरो एक छोरी पनि छिन्, जसको नाम बेरोनिका हो। अगस्टमा उनी तीन वर्ष हुनेछिन्।’ उनी गोवाको एक व्यवसायीसँग प्रेममा रहेको बताइएको छ।

    माहीले छोरीको प्रसंगबारे आफूले मिडियासँग कुरा लुकाएर राखेको र छोरीलाई सामाजिक सञ्जालबाट पनि टाढै राखेको बताएकी छन्। उनले ‘दबंग’, ‘जंजिर’, ‘पान सिंह तोमर’, ‘देव डी’, ‘गुलाब’, ‘साहेब बीबी’, ‘ग्याङस्टार’जस्ता फिल्ममा अभिनय गरेकी छन्। उनको ‘फेमिली अफ ठाकुरगन्ज’ प्रदर्शनको क्रममा छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast